विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी जनमतमा प्रवेश, सिके राउतले गरे स्वागत

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता रहेका छन् ।

नव प्रवेशी कार्यकर्तालाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले टिका र गम्छा लगाएर पार्टीमा स्वागत गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनमतका अध्यक्ष डा. राउतले एक्सपाइर पुराना पार्टीमा नलाग्न जनतालाई आग्रह गरे ।

सो कार्यक्रममा जनमत पार्टीका सचिव बीपी साह, पूर्वमन्त्री अनिता देवी साह, जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री महेश प्रसाद यादव, गैर आवासीय मधेसी संघका सल्लाहकार जगतलाल मण्डल लगायका नेता तथा कार्यकर्ताहरुले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया