वेस्ट इण्डिजविरुद्धको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङ गर्दै

काठमाडौं । पाहुना टोलीको रुपमा रहेको टेष्ट राष्ट्र वेस्टइण्डिज ‘ए’विरुद्धको पाँचौँ तथा अन्तिम खेलमा आज नेपालले टस हारेर पहिला बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्टइण्डिज ‘ए’ले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । यसअघि नै तीन खेलमा लगातार हार बेहोर्दै पाँच खेलको सिरिज गुमाइसकेको नेपाली टोली आजको खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छ ।

उता वेस्टइण्डिज भने अन्तिम खेल पनि जितेर स्वदेश फर्किन चाहन्छ । यसैबीच नेपालले अघिल्लो खेलको टोलीमा रहेका दुई खेलाडी परिवर्तन गरेको छ । गुल्शन झा र करण केसी आजको खेलमा बेन्चमा रहने छन् । उनीहरूको स्थानमा कमलसिंह ऐरी र ललित राजवंशीलाई ल्याइएको छ ।

नेपालको सुरुवाती ११ मा कुशल भुर्तेल, आशिफ शेख, अनिल साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, सोमपाल कामी, अविनास बोहोरा, प्रतिश जिसी र सन्दीप जोरा रहेका छन् । आजको अन्तिम खेल अब केही बेरमा सुरु हुने छ ।

प्रतिक्रिया