तीन दशकका अभ्यासहरूलाई सच्याउन समय लाग्छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले तीन दशकका निर्णय र परम्परालाई सच्याउन समय लाग्ने बताएका छन् । कतारका अमिर शेख तमिम बिन हमाद मंगलबार नेपाल भ्रमणमा आउन लागेका छन् ।

उनी नेपाल आउन लागेको भन्दै सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारको उक्त कदमकाे चौतर्फी आलोचन भएपछि गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण दिएका हुन् ।

उनले तीन दशकका अभ्यासहरूलाई नीतिगत निर्णय गरी सच्याउन समय लाग्ने भएकोले धैर्य गर्न आग्रह गरेका छन् । विधि नफेरिकन कुनै व्यक्ति, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र वैधानिक हिसाबले सही नहुने पनि गृहमन्त्री लामिछानेले उल्लेख गरेका छन् ।

प्रतिक्रिया