एमाले पर्साको निर्वाचनमा धाँधली भएको आरोप

वीरगञ्ज । नेकपा एमाले पर्साको निर्वाचनमा विवाद सिर्जना भएको छ । निर्वाचन आयोगले बिहान ११ बजेदेखि निर्वाचन गराउने भने पनि विवादका कारण समाचार लेखुन्जेलसम्म निर्वाचत हुन सकेको छैन ।

उपाध्यक्षका उम्मेद्वार लालबाबु शेख, सचिवका उम्मेद्वार नवराज शर्मा, उपसचिवका उम्मेद्वार रामकिशोर सिंह (पराग) तथा उपसचिव (महिला) उम्मेद्वार गीता भण्डारी लगायतले निर्वाचन प्रक्रिया गलत भएको र सुधार गर्नुपर्ने भन्दै विरोध गरेका छन् ।

उम्मेद्वारी फिर्ता लिएका व्यक्तिको नाम उम्मेद्वारको नामावलीमा आएको भन्दै उनीहरूले आपत्ती जनाएका छन् । साथै दुई ठाउँमा उम्मेद्वारी दिएको तर एक ठाउँमा निर्विरोध हुँदा पनि पुनः अर्काे पदका लागि उम्मेद्वार नामावलीमा नाम आउनु शंकास्पद भएको उपसचिवका उम्मेद्वार रामकिशोर सिंह परागको भनाइ छ । सचिवका लागि महेश दासले वडा–६ को प्रतिनिधित्व गर्दै उम्मेद्वारी दर्ता गराएका छन् । यद्यपि उनको घर वडा–३ मा भएको हुँदा उनको उम्मेद्वारी गैरकानुनी भएको सचिवका अर्का उम्मेद्वार नवराज शर्माले बताए ।

प्रतिक्रिया