राष्ट्रिय महाधिवेशन तयारीमा जसपा

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि विभिन्न समिति उपसमितिहरू गठन गरिएको छ ।

बिहीबार जसपाका पूर्व धनुषा अध्यक्ष चन्देश्वर महतोको संयोजकत्वमा रामनारायण कापडी, प्रमिला सिंह, मनमाया मोक्तान, बिनोद यादव, विष्णुदेव साह, अम्बिका विश्वकर्मा, राजकिशोर महतो, प्रमिला गिरी, दिनेश यादव, बलिराम कापडी, रेनुराज सिंह, विष्णु कुमार साह, मदन साह र शिवशंकर महतोसहित १५ सदस्यीय आवास व्यवस्थापन समिति विस्तार गरिएको छ ।

राजनीति समिति सदस्य बलराम महतो एवं मधेस प्रदेश समिति अध्यक्ष बालकिशोर यादवको विशेष उपस्थितिमा विस्तारित आवास व्यवस्थापन समितिले जनकपुरमा यहि आउँदो जेठ २८, २९ र ३० मा हुन लागेको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने नेता तथा कार्यकर्ताहरूका लागि आवासको व्यवस्थापन गर्नेछन् ।

प्रतिक्रिया