युद्ध र पत्रकारको सेरोफेरोमा यी फिल्म

न्युयोर्क । हलिउड स्टार क्रिस्चियन डन्सट कला क्षेत्रमा लागिरहँदा महिला र पुरुषको बीचमा पारिश्रमिकमा धेरै भिन्नता थियो । उनका फिल्महरू अन्य स्टार कलाकारको तुलनामा धेरै नै चर्चामा पनि थिए । सफल भए पनि पारिश्रमिक भने पुरुष कलाकारको भन्दा कम पाउने गरेकी थिइन् । सन् १९९५ मा जुमान जी र २००० मा ब्रिङ इट अनमार्फत उनी कला क्षेत्रका अत्यन्त सफल भएकी थिइन् । एकदमै कम उमेरकी उनका लागि यो आवाज कहाँबाट सुरु गर्ने र कसरी गर्ने भन्ने समस्या थियो । फिल्मको रसमा रमाउँदै जाँदा उनको उमेर भर्खर १७ वर्षको थियो ।


डन्सटले फरक समयमा फरक भूमिकामा काम गरेकी थिइन् । तर, यसपटक उनको चर्चा युद्धको समयमा फोटो पत्रकारले भोग्नुपर्ने दुःख र समस्याको विषयमा केन्द्रित थियो । ‘सिभिल वार’ त्यसै फिल्म हो जसले उनलाई सन्तुष्टि मात्र दिलाएन । अहिलेको भूराजनीतिका खेलाडीलाई सोच्नका लागि बाध्यसमेत बनायो ।

स्पाइडर म्यानमा डन्सट र अर्का अभिनेता टबी म्याग्रेक्यु बीचको पारिश्रमिकमा पनि भिन्नता थियो । त्यस विषयलाई अहिलेको चलचित्र फिल्म ‘सिभिल वार’ बनाएका एलेक्स गर्लान्ड स्वीकार गर्छन् । तथापि उनी कसैले पनि यो विषय नउठाएका कारण त्यत्तिकै अघि बढी रहेको कुरा स्वीकार्छन् ।

डन्सटले सो फिल्ममा वार फोटोग्राफरको भूमिका निर्वाह गरेकी छन् । अहिले बढी रहेको राजनीतिक र सामाजिक घटनाक्रमले भविष्य कुना दिशामा जाने हो भन्ने अनुमान गर्न सहज हुने जनाइएको छ । पत्रकारितामा रमाउने युवाहरूले उठाउनुपरेको जोखिमका बारे फिल्ममा राम्रोसँग देखाइएको छ । ४१ वर्षीया उनी फिल्ममा मुख्य भूमिका पाउनु साँच्चै राम्रो अवसर भएको बताउँछिन् । उनी युद्ध पत्रकार मारियो कल्भिनबाट प्रभावित भएको जनाइएको छ ।

सन् १९८३ को समय थियो । रोजर स्पोर्टीसोडले निकारागुवामा गएर छायांकन गरेको फिल्म ‘अन्डर फायर’ एकदमै चर्चामा थियो । भ्रष्ट सोमोजा शासनको अन्तिम समयमा ३ पत्रकारले उठाएको जोखिमलाई फिल्मको मुख्य कथा बनाइएको छ । निकारागुवामा सोमोजा शासन सन् १९७९ मा सकिएको थियो ।

फिल्ममा पश्चिमा शक्ति टेक्सस र क्यालिफोर्नियाले पृथकतावादी युद्ध गरी रहेको दृश्य देखाइएको छ । फिल्ममा लगातार तेस्रो कार्यकाल सत्ता सम्हालेर संविधानको बर्खिलाप जाने राष्ट्रपतिको भूमिकामा निक अफरम्यान छन् । ६ जनवरीको दुःखद् घटनाको पनि फिल्ममा स्मरण गरिएको छ । सोही दिन तत्कालीन डोनाल्ड ट्रम्पका समर्थकहरूले वासिंगटनस्थित राष्ट्रपति कार्यालयमा आक्रमण गरेका थिए ।

सो फिल्म अमेरिकामा केन्द्रित भएर देखाइए पनि दुई कुरा प्रष्ट छ । पहिलो त पत्रकारिता पेसा आफैँमा अत्यन्त जोखिम हो भन्ने कुरा । दोस्रो तीव्र ध्रुवीकरणले संसारलाई कुन दिशामा लैजान सक्छ भन्ने कुरा पनि यसै फिल्ममा देखाइएको छ ।

प्रसंग अमेरिकाको मात्र भने होइन । सो प्रसंग बेलायतमा अमेरिकामा भन्दा अझ बढी हुन सक्छ । मध्यपूर्ण, एसिया र अफ्रिकाका धेरै देशको कहानी त झन् अझ भीषण र भयानक हुन सक्छ । जुन कुरा अमेरिकामा कल्पनाको विषय ठानिएको छ, त्यस्तै खुद अवस्था संसारका धेरै देशमा भएको छ । यस फिल्मको रिभ्यु गर्नेहरूले सकारात्मक रूपमा गरेका छन् ।

टेलिग्राफका रोबिन कोलिनले रिभ्यु गर्ने क्रममा पाँच तारा दिएका छन् । उनको मतमा फिल्म हेर्नेहरूका लागि हरेक समय एउटा थ्रिलको महसुस हुन्छ । हरेक समय कुनै नै कुनै सस्पेन्स हुने भएका कारण दर्शकहरू एकछिन पनि दायाँ बायाँ गर्ने सम्भावना नै छैन ।

अम्पायरका जोन नुयगटले चार तारा दिएका छन् । गार्जियानका आड्रियन हर्टन भने अलि फरक किसिममा छन् । उनले तीन तारा दिएका छन् ।
अभिनेत्री डन्सट तीन वर्षको उमेरमा नै क्यामेराको अघि बिताउन थालेकी हुन् । २० को हाराहारीमा पुगेपछि उनले पहिलोपटक मुख्य कलाकारको भूमिकामा आफूलाई पाउन थालेकी हुन् । उनले सोफिया कार्पोलाको मारि एन्टिनियोटिक बायोपिकमा अभिनय गरेकी हुन् । डन्सटको मत यस्तो छ, ‘यहाँ सबै कृत्रिम र मानव निर्मित हुँदै गएको छ । प्रकृतिमाथि मान्छे हाबी हुँदा कतै मानिसको विनाश नै त हुने होइन । डन्सटको यही चिन्ता छ । अहिले रिलिजपूर्व नै चर्चामा रहेको चलचित्र अमेरिका, बेलायत र क्यानडामा १२ अप्रिलका दिन रिलिज हुँदै छ ।

संसारमा अहिलेसम्म बनेका धेरै युद्ध फिल्ममा ‘सिभिल वार’ कुन स्थानमा रहन्छ भन्ने यकिन छैन । यसले पाउने बजारको पनि अझै टुंगो पनि छैन ।
अहिलेसम्मका युद्ध चलचित्र मध्ये सबैभन्दा माथिल्लो कोटीमा राखिएका चलचित्रमा ‘¥यान’ नै हो । अकिरा कुरोसोवाका लागि सो फिल्म आफ्नो प्रमुख हस्ताक्षरका लागि अन्तिम मौकाको रूपमा प्रयोग गरेका थिए । फिल्म सन् १९८५ मा तयार भएको हो ।

उनले यसका लागि धेरै वर्ष खर्चेका थिए । लामो समय जापानमा बिताएका पनि थिए । उनले कुने पनि हालतमा आफ्नो छाड्नका लागि आर्थिक जोहो गर्न मात्र होइन फिल्मका आवश्यक सकै कुराको जानकारी लिन पनि समय बिताएका थिए ।

जापानका सम्राट्ले आफ्ना ३ छोराको लागि राज्य नै विभाजन गर्ने नीति लिन्छन् । यी मध्येको एउटाले प्रस्ताव अस्वीकार गरे पछि बाँकी रहेका २ ले तीनैको भागमा परेको जग्गाको लागि लडाइँ गर्छन् । हो फिल्मको मुख्य कथा नै यही हो ।

सम्राट् इचिमोन्जो हिदेतोराको भूमिकामा तात्सुइया नाकादाइले अभिनय गरेका हुन्छन् । फिल्मको सेट तयार गर्न धेरै मिहिनेत गरेका उनले फिल्मका खेल्नकै लागि सेनाहरू भाडामा लगाएका थिए । फिल्ममा हिदेताराले आफूले बनाएको सबै संरचना ध्वस्त भएको देखेपछि अन्तिममा आफैँले सत्ता हातमा लिने निर्णय गर्छन् । तथापि सो निर्णय धेरै ढिला भइसकेको हुन्छ । यस फिल्मको पनि उद्देश्य जमिनका लागि युद्ध गर्नु अत्यन्त गलत भएको देखाइएको छ ।

यसभन्दा पहिले नै सन् १९५७ मा ‘पाथ टु ग्लोरी’ तयार भएको हो । सो फिल्मलाई पनि शान्ति प्रिय अवस्थाको चाहना गरिएको वार फिल्मको रूपमा हेरिएको छ ।

क्रिस्चियन कुर्बुकले फिल्मलाई यसरी प्रस्तुत गरेका छन् कि हरेक दृश्य त्रासदीको रूपमा देखिन्छन् । धेरै जनालाई हारेपछि मर्नका लागि निर्देशित गरे पनि सेनाका लागि आफ्नै जीवन सबैभन्दा प्यारो हुन्छ ।

पत्रकार र युद्धका बारे बनाइएको अर्को महत्त्वपूर्ण चलचित्र सन् १९८६ को ‘साल्भाडोर’ पनि हो । मध्य अमेरिकी क्रान्तिको क्रममा जलाइएका एक पत्रकारको कथामा सो फिल्म बनेको हो । ती पत्रकारको भूमिकामा जेम्स उड छन् । त्यस फिल्मको निर्देशन ओलिभर स्टानेले गरेका हुन् । स्टोन र उडको त्यो समन्वयलाई अहिलेसम्म पनि निर्देशक र नायक बीचको उच्च तहको समन्वयको रूपमा लिइएको छ ।

पोलपोटको नरसंहार इतिहासमा एकदमै चर्चित छ । यसै नरसंहार समयमा पत्रकारको भूमिकामा विषयमा बनेको फिल्म किलर फिल्ड अत्यन्त चर्चामा थियो । सन् १९८४ मा सो चलचित्र बनेको हो । फिल्म र युद्धका बारे चलेका यस्ता धेरै फिल्म मध्ये अबको चासो डन्सट र उनको फिल्म ‘सिभिल वार’ पनि हो ।

प्रतिक्रिया