नयाँ कारमा कंगना

नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनावत लोकसभा चुनावमा टिकट पाएपछि अहिले चर्चामा छिन् । यसैबीच कंगनाले एउटा नयाँ मर्सिडिज किनिन्, जसको सोरुम मूल्य २ करोड ९६ लाख भारतीय रुपैयाँ छ । हालै कंगना आफ्नो नयाँ कारमा देखिएकी छिन् ।

कंगना रनावत हालै मुम्बईको एक सैलुन बाहिर देखिएकी थिइन् । सैलुनबाट बाहिरिएपछि कंगना नयाँ मर्सिडिजमा देखिएकी थिइन् । उनले हालै मर्सिडीज मेब्याक जिएलएस–६०० ४ म्याटिक किनेकी हुन् ।

२५० किमी प्रतिघण्टाको यो कारमा ३९८२–सिसी इन्जिन छ । मर्सिडिजको आधिकारिक वेबसाइटका अनुसार यो लक्जरी कारको सोरुम मूल्य करिब २ करोड ९६ लाख भारु रहेको छ । तर, कर, बिमा र कस्टमाइजेसन गरी कारको मूल्य करिब ३ करोड ४० लाख भारु पर्न जान्छ ।

इकोनोमिक टाइम्सको रिपोर्टअनुसार कंगना रनौत धेरै लक्जरी कारकी मालिक हुन् । कंगना रनावतलाई भारतीय जनता पार्टीले मण्डी सिटबाट लोकसभाको टिकट दिएको छ । कंगना आजकल पार्टीको ¥याली र चुनावी प्रचारमा व्यस्त छिन् ।

राजनीतिमा प्रवेश गरेपछि कंगनाको फिल्म ‘इमर्जेन्सी’ १४ जुनमा रिलिज हुँदै छ । यो फिल्म पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र इमर्जेन्सीमा आधारित छ । फिल्ममा मुख्य भूमिकासँगै कंगनाले फिल्म निर्माण तथा निर्देशन पनि गरेकी छिन् । कंगना रनावतको यसअघिको फिल्म तेजस रिलिज भएको थियो, जसले बक्स अफिसमा खासै कमाइ गर्न सकेन ।

प्रतिक्रिया