आफ्नै घरमा आगो लगाउने १ जना पक्राउ

रौतहट । जिल्लाको राजदेवी नगरपालिका–९ ब्रह्मपुरीबाट प्रहरीले १ जनालाइ पक्राउ गरेको छ । जिल्लामा दैनिक रूपमा आगलागीको घटना भइरहँदा मादकपदार्थ सेवन गरी आफ्नै टाटीको बेरा र फुसको छाना भएको घरमा आगो लगाएको आरोपमा रौतहट प्रहरीले स्थानीय ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरेको हो । पक्राउ परेका सिंहले रक्सी सेवन गरी आफ्नो घरमा आगो लगाएको प्रहरीको दावी रहेको छ ।

सिंहले लगाएको आगो स्थानीय तथा प्रहरीको सहयोगमा तत्काल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । समयमा आगो नियन्त्रण नभएको भए वरपरका घरमा पनि ठूलो क्षति पुग्ने थियो प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताइन् ।
आफनै घरमा आगो लगाएको अभियोगमा पक्राउ परेका सिंहमाथि आपराधिक उपद्रव शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक गिरीले जनाएकी छन् ।

प्रतिक्रिया