बिनालाइसेन्स ई–रिक्सा चलाउने २३ जनालाई प्रहरी कारबाही

रौतहट । प्रहरीले बिनालाइसेन्स ई–रिक्सा चलाउने २३ जनालाई कारबाही गरेको छ । जिल्ला सदरमुुकाम गौर क्षेत्रमा सवारी चालक अनुमती पत्र(लाइसेन्स) नलिइ ई–रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरू चलाउने २६ जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले कारबाही गरेको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले चेकजाँच गर्दा उक्त संख्यामा चालकलाई कारबाही गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले दिएको जानकारीअनुसार सवारी चालक अनुमती पत्र नलिई सवारी चलाएका २३ वटा ई–रिक्सा (डाँफे रिक्सा), टेम्पुहरू नियन्त्रणमा लिई होल्ड गराई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारबाही गरिएको हो ।

साथै यथाशीघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको उनले बताइन् । गिरीका अनुसार पहिलो चरणमा लाइसेन्स र अर्को चरणमा कागजपत्र चेकजाँच गरिने बताइन् । जिल्लाभरी नै प्रहरी यसरी नै चेकिङलाइ तीव्रता दिइने उनको भनाइ छ । पहिलोचोटीलाई होल्ड गरी लाइसेन्स लिने सर्त छाडिएको उनले सुनाइन् ।

प्रतिक्रिया