एकै पालिकाको दुई स्थानमा शिलान्यास

पर्सा । जिल्लाको ठोरी गाउँपालिकाको दुई वटा योजनाको पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एव पूर्वमन्त्री रमेश रिजालले शिलान्यास गरेका छन् । पूर्वमन्त्री रिजालले एक कार्यक्रमका बिच आफ्नो निर्वाचन क्षेत्रका दुई स्थानमा योजना शिलान्यास गरेका हुन् ।

पूर्वउद्योग वाणिज्य तथा आपूर्तीमन्त्री समेत रहेका रिजालले ठोरी गाँउपालिका–२ स्थित राइधारामा रहेको गणेशमान सिंह पार्क परिसरमा २५ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको पर्खाल र ठोरी गाउँपालिका–४ बिजयबस्तिमा २५ लाख रुपैयाँको लागतमा सडक ढलानको शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव, जीवन सापकोटा, रामबहादुर श्रेष्ठ, गोमा उपाध्याय, सन्तोष श्रेष्ठ, प्रेम थापा, सुवास यादव, लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया