काठमाडौंकाे कपनमा गुण्डागर्दी गर्दै आएका प्रशान्त पेस्तोलसहित पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला प्रहरी परिसरले गुन्डागर्दी गरेको आरोपमा हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौँ महानगरपालिका–६, सरस्वतीनगर वस्ने वर्ष २८ का प्रशान्त पराङदेवा लिम्बुलाई पेस्तोल र चक्कुसहित नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

उनको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल थान–१, धारिलो चक्कु थान–२, फलामको हम्बर थान–१, मोबाइल थान–२ (आईफोन, सामसङ) बरामद भएको प्रहरीले जनाएको छ । गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियानअन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सिर्जना गर्ने व्यक्तिहरूको खोजतलस गर्ने क्रममा शंकास्पद गतिविधि गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया