नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका पूर्वकर्मचारी पक्राउ

काठमाडौं । नक्कली लाइसेन्स वितरण गर्न सहयोग गरेको आरोपमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्वकर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिस भट्ट रहेका छन् । भट्टले करिब एक दशक करार सेवा विभागमा काम गरेका थिए । विभागमा कार्यरत हुँदा उनले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी श्यामलाल ज्ञवालीका अनुसार उनलाई काठमाडौँबाट नियन्त्रण लिइएको हो । यसबारे थप अनुसन्धान भइरहेको ज्ञवालीले जानकारी दिए । उनले यो विषय यसअघि अनुसन्धान भइरहेको नक्कली लाइसेन्स प्रकरणसँग भने सम्बन्धित रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया