आइसी डिजाइनर रनवे फेसन सो

काठमाडौं । नेपाली फेसनको बजारलाई विस्तार गर्ने ध्येयका साथ १३औं ‘आइसी डिजाइनर रनवे’ फेसन सो हुने भएको छ । उक्त सोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मी श्रेष्ठ, मेलिना जोशी, प्रियंकारानी जोशी, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेटलगायतका सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत हुने भएका छन् । आगामी शुक्रबार होटल याक एण्ड यतिमा हुने सोमा उनीहरु सो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित ¥याम्पमा प्रस्तुत हुन लागेका हुन् ।

जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको ‘आइसी डिजाइनर रनवे’ मा भारत, रसिया, सर्विया लगायतका देशका १३ मोडलको समेत सहभागिता रहने छ । आयोजकका अनुसार नेपालका २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइन प्रस्तुत गर्ने छन् । कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहने सोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गर्दैछ । अहिलेसम्मकै राम्रो र उत्कृष्ट फेसनको सोको रुपमा ‘आइसी डिजाइनर रनवे’ लाई प्रस्तुत गर्न लागेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।

सोमा आइसी कलेजका २०२१ ब्याजका ७३ विद्यार्थी डिजाइनरले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछ । फेसन सोको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचार प्रसार गर्दै नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पु¥याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् ।

प्रतिक्रिया