नेपाल प्रहरीका ८ डीएसपी एसपीमा बढुवा (सूचीसहित)

काठमाडाैं । नेपाल प्रहरीको ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालयको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सूचना प्रकाशन गरी ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएका हुन् ।

बढुवा हुनेमा ढकेन्द्र खतिवडा, अंगुर जि.सी., यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु र बिनोद घिमिरे रहेका छन् ।

प्रतिक्रिया