टी–२० आई सिरिज : आज नेपाल र नेदरल्यान्ड्सको भिडन्त

काठमाडौं । त्रिकोणात्मक टी– २० आई सिरिजअन्तर्गत आज दोस्रो खेलमा नेपाल र नेदरल्यान्ड्सको भिडन्त हुँदै छ । आजको खेल नेपाली समय अनुसार बिहान ११ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले हारेको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुन सक्छ । पहिलो खेलमा नेपालविरुद्ध नामिबियाले टस जितेर ब्याटिङ गर्दै चार विकेट गुमाएर २०६ रन बनाएको थियो ।

टी–२० खेल्ने नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल साह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाश बोहोरा रहेका छन् ।

प्रतिक्रिया