सिराहा । सिराहाको धनगढीमाई नगरपालिकामा प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको आयोजना हुने भएको छ । नगरपालिका– ९ जिरोमाइलस्थित निर्मल लामा कवर्ड हलको परिसरमा प्रदेशस्तरीय प्रथम तेक्वान्दो प्रतियोगिताको आयोजना हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
मधेस प्रदेशका आठवटै जिल्लाका खेलाडीहरुको सहभागितामा आउँदो माघ ११, १२ र १३ गते प्रतियोगिता हुने भएको आयोजकले जनाएका छन् । उक्त प्रतियोगितामा करिब ९ टिमको सहभागिता हुने जनाइएको छ ।
जहाँ पुरुषतर्फ ३०–६३ केजी तौल समूह र महिलातर्फ ३०–५१ केजी तौल समूहबीच हुने प्रतियोगितामा पुरुषतर्फ करिब ११७ खेलाडी र महिलातर्फ ७३ खेलाडी सहभागी हुने छन् ।
तेक्वान्दो कल्ब धनगढीमाइका अध्यक्ष सुरेशकुमार कार्कीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा कल्बका सचिव रमेश श्रेष्ठले प्रतियोगिताको योजना बारेमा जानकारी गराएका थिए ।
प्रतियोगिताको आयोजक नगरस्तरीय तेक्वान्दो विकास समिति धनगढीमाई– ९ व्यवस्थापक जिल्ला तेक्वान्दो कार्य समिति सिराहा र प्रायोजक धनगढीमाई नगरपालिका रहेको छ ।
प्रतिक्रिया