ओलीलाई ७ नम्बरको जर्सी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चर्चित स्पेनिस फुटबल क्लब रियल म्याड्रिडले ७ नम्बरको जर्सी दिएर सम्मान गरेको छ । बिहीबार रियल मड्रिडको सान्टियागो बर्नाबाउ रंगशालामा पुगेका ओलीलाई चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी दिएर स्वागत गरिएको हो ।

ओलीलाई नवनिर्मित अत्याधुनिक सान्टियागो बर्नाबाउ रंगशालामा रियल मड्रिडका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले ७ नम्बरको जर्सी दिएर स्वागत गरेका हुन् ।

रोनाल्डोले क्लब छाडेपछि अहिले ७ नम्बरको जर्सी ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले लगाउने गरेका छन् । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतसहित अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गत १४ असारमा स्पेनतिर गएका थिए । उनले त्यहाँ संयुक्त राष्ट्र संघको विभिन्न कार्यक्रम र अल्पविकसित मुलुकको बैठकको अध्यक्षता पनि गरे ।

प्रतिक्रिया