पोखरा । सुनचाँदी व्यवसायीले पोखरामा पनि विरोध प्रदर्शन गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमा सरकारले सुनचाँदीमा ‘विलासी कर’ लगाइएको भन्दै छाता ओढेरै नाराबाजीसहति विरोध प्रदर्शनमा सहभागी भएका हुन् ।
उनीहरुले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज, सुनको भन्सार ६ प्रतिशत कायम र सुनचाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर्न माग गरेका छन् ।
पोखराको पृथ्वीचोकबाट सुरु भएको विरोध र्याली सभागृहचोक, न्युरोड, चिप्लेढुंगा मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रतिक्रिया