राष्ट्रिय धान दिवस : गरिमा, चुनौती र अवसर

दोस्रो त्रि–वर्षीय योजनादेखि नै नेपालको तराई क्षेत्रलाई अन्न भण्डारण, मध्यपहाडी क्षेत्रलाई वागवानी तथा उच्च पहाडी तथा हिमाली क्षेत्रलाई पशुपालन तथा जडिबुटी खेती व्यवसायमा विकास गरी उत्तर–दक्षिण राजमार्ग र भू–राजनीतिक बनावट मिलाई नेपालको प्रादेशिक तथा स्थानीय विकासमा लाग्नु अत्यन्त लाभदायक विषय हुन सक्छ ।

प्राडा लालप्रसाद अंगाई

विश्व मानचित्रमा लगभग २७ डिग्रीदेखि २९ डिग्री उत्तरी अक्षांश र ८० डिग्रीदेखि ८४ डिग्री पूर्वी देशान्तरमा फैलिएर रहेको नेपाल इतिहासको विविध कालमा एक शान्त, सभ्य र स्वतन्त्र अधिराज्यको रूपमा प्रख्यात छ । समुद्री सतहबाट ५८ मिटर उचाइमा रहेको झापा जिल्लाको केचनाकवलदेखि विश्वकै सबैभन्दा अग्लो ८ हजार ८४८ मिटर उचाइको विश्वकै सबैभन्दा अग्लो सगरमाथाको चुचुरोसम्म फैलिएको यस हिमाली राज्यको आफ्नै विशाल प्राकृतिक तथा जैविक विविधता रहेको पाइन्छ ।

कृषि, पर्यटन, पर्यापर्यटन, जडीबुटी, जलस्रोत, जनावर, जराजुरी, जलवायू आदिको धनी देश नेपाल दक्ष, अदक्ष तथा अर्धदक्ष जनशक्ति अभावमा रहेको अति गरिब राष्ट्रको सूचीबाट भर्खरै मात्रै बामे सर्न खोजेको जस्तो देखिन्छ । सन् १९७०–८० को दशकमा दक्षिण कोरिया तथा अन्य राष्ट्रहरूमा धानलगायत अन्य मुख्य बालीहरू निर्यात गथ्र्यो । स–साना कुटिर र मझौला उद्योग मात्र नभई विविध बालीजन्य कच्चा पदार्थमा आधारित चिनी, जुट, कपडा, चुरोट, कागज जस्ता ठुला–ठुला कारखानाबाट आफ्नो खाद्यसुरक्षा पूर्ति गर्ने र देशभित्र नै रोजगारी सिर्जना गरी स्वआत्मनिर्भर देश बनेको थियो नेपाल । तर, २१औँ शाताब्दीको सुरुआतमा आइपुग्दा खर्बौं रकम बराबरको कृषिजन्य वस्तु निर्यात गर्नुपर्ने र राष्ट्रका होनहार युवाहरूलाई रोजगारी प्राप्त गर्ने उद्देश्यले खाडी मुलुकमा पठाउन बाध्यात्मक अवस्थामा आइपुग्नु हामी सबै नेपालीहरूका लागि दुःखान्त विषय बन्न गएको छ ।

नेपालमा धानबाली

धान नेपालको मुख्य खाद्यान्न बाली मानिन्छ । सदियौँदेखि यसको खेतीबाली नेपालमा हुँदै आएको छ । परम्परादेखि नै हरेक वर्ष असार १५ गते जनस्तरबाटै रोपाइँ महोत्सव गरिँदै आएको छ । धान खाद्यबाली मात्रै नभएर नेपालको धर्म संस्कृतिसँग पनि जोडिएको छ । साथै खाद्य सुरक्षा र आर्थिक मेरुदण्डसँग पनि जोडिएको छ । यसै तथ्यलाई मध्यनजर राख्दै नेपाल सरकाले विगत २ दशकदेखि १५ असारलाई राष्ट्रिय धान दिवस घोषणा गरी मनाउँदै आएको छ । जनताले माना खाई मुरी उब्जाउने पर्वको रूपमा मनाउने १५ असारलाई यस वर्ष सरकारी स्तरमा ‘धानवालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी मनाइएको छ ।

नेपालका ७ वटा प्रदेशहरू मध्ये कोसी, लुम्बिनी, बागमती तथा मधेस प्रदेशमा सबैभन्दा धैरै खेतीयोग्य जमिनले ढाकेको पाइन्छ भने कर्णाली प्रदेशको जुम्ला र गण्डकी प्रदेशको मनाङसम्म पनि धानखेतीको प्रचुर संभाव्यता रहेको रेकर्ड पाइन्छ । केही दशक अघिसम्म नेपालको राष्ट्रिय आय र कुल ग्राहस्र्थ उत्पादनमा लगभग एकतिहाइ हिस्सा ओगटने धानवालीले अहिले करिब ४ प्रतिशत मात्रै हिस्सा ओगट्छ । तर धानबाली हिजो, आज र भोलि पनि उत्तिकै संभावनायुक्त बालीको रूपमा नेपालीहरूको जीवन भएर रहेको पाइन्छ ।

संसारभरी खेती गरिने धानजातीका विविध जातहरू मध्ये ‘ओरिजा सातिभा एल’ अन्तर्गत ‘इन्डिका–जापोनिका’ प्रजाति नेपालमा बढी क्षेत्रफलमा लगाउने गरिन्छ । पूर्वी नेपाल, दार्जलिङ तथा सिक्किमललाई धानको उत्पत्ति स्थल नै मानिन्छ र यसको ज्वलन्त उदाहरण उक्त क्षेत्रमा पाइने ‘ओरिजा रुफिपोगेन’ तथा ‘ओ–निभेरा’जस्ता प्रजातिका धानको उपस्थितिले पनि जनाँउछ ।

नेपालमा धानखेती व्यवस्थापन

पाखोबारीमा गरिने घैया तथा खेतमा लगाउने सालीधानदेखि तराईमा लगाइने बासमती, पोखरेली जेठोबुढो, मनाङको छोमरोङ तथा जुम्लाको मार्सी धानसम्मको विविधता पाइन्छ । यसै विविधताबीच नेपाल सरकारअन्तर्गत कृषि अनुसन्धान परिषद्बाट लगभग ७०–८० जातका धानहरूको नेपालको हरेक सामरिक भूगोल धानखेतीका लागि संभाव्यता बोकेको ठाउँ हुनसक्ने प्रमाणित गर्दछ । असारमा लगाउने मुख्य धानबालीले लगभग ८०–९० प्रतिशत क्षेत्रफल ओगटेको छ । नेपालको वर्तमान परिवेशमा चैतमा लगाइने चैते धान तथा मंसिर–पुसमा लगाइने बोरो धानको नयाँ–नयाँ अनुसन्धान, जातीय विकास, प्रविधि विकास, त्यसको संरचना र सम्वद्र्धन तथा नवपर्वतनजस्ता कार्यहरूले मात्र हाल खड्किरहेको खाद्य सुरक्षा र संप्रभुता अभाव हटाउन सक्ने देखिन्छ ।

यसै विषयलाई हृदयंगम गरी संघीय सरकारअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जोन, सुपरजोनहरू कायम गराई कृषि औजारीकरण र सघन धानखेतीतर्फ व्यावसायिक रूपमा नै नेपाल सरकारले कार्यक्रम अघि बढाइरहेको पाइन्छ । १६औँ पञ्चवर्षीय योजना तथा आगामी वर्ष २०८२/०८३ का लागि पारित आर्थिक बजेटमा समेत चैते धान विशिष्टिकृत योजना कायम रहनु सुखद् पक्ष हो ।

धानबाली उत्पादनले मात्रै रासायनिक मल आवश्यकताको झन्डै दुईतिहाइ हिस्सा राख्ने भएको हुँदा खर्बौं रकमको रासायनिक मल खरिदमा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालय लागि परिराखेको छ । देशभित्र नै प्रांगारिक तथा रासायनिकमल उद्योग सञ्चालनार्थ केही सकारात्मक कदमहरू पनि अघि बढाइएको छ । हामी नेपालीहरूले यथाशिघ्र यसको सुरुआती विकासको कामना गर्दा उपयुक्त नै हुन्छ ।

उत्पादन बढाउने उपाय

यी सबै खालका कार्यहरू जस्तै राष्ट्रिय धानदिवस मात्र मनाउने, पुरानो ढंगबाट गरिने धानखेती प्रविधि अनुशरण मात्र गरिरहने, भारतीय बजारको धान भित्र्याउने संस्कृतिको अन्त्य नहुने तथा गाउा पहाडका खेतीयोग्य जमीनमा कृषिको कुनै भविष्य नदेखी लाखौँ युवाहरूको विदेश पलायन हुने प्रवृत्तिले नेपालमा धानखेतीलगायत अन्य कृषि जन्य व्यवस्थाको प्रस्फुटीकरण हुन सक्ने देखिँदैन । यसका लागि धानखेती प्रवद्र्धनका कृषि योजना राष्ट्रिय, प्रादेशिक तथा स्थानीय निकायहरूको समन्वय र एकक्षेत्र कार्यनीति र रणनीति तथा आवश्यक न्यूनतम पूर्वाधारको शिलन्यास, सरकारी तथा गैरसरकारी संस्थाहरूले पूरा गराउनु पर्दछ ।
धानखेती प्रविधि विस्तारमा नेपाल सरकार मातहातका कृषि विश्वविद्यालय, कृषि अनुसन्धान परिषद्, संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयहरूको एकीकृत अगुवाइमा नीतिगत कार्यक्रम लागू गरिनुपर्दछ । विश्वव्यापी अनुसन्धान नतिजा नियाल्दा प्रतिहेक्टर १५ मेट्रिकटनसम्म धानखेतीको उत्पादकत्व हासिल गर्दा नेपालमा जम्मा ४ मेट्रिकटन प्रतिहेक्टर उत्पादन भएको देखिन्छ ।

त्यसैले उत्पादकत्व क्षमता अभिवृद्धि गर्नु मुख्य अभिभारा हो । यसका लागि उन्नत बिउवीजनको अधिकतम प्रयोग, धान लगाउने समय र तरिकामा व्यापक परिवर्तन, राष्ट्रिय रूपमा रहेको एउटै मलखाद सिफारिस मात्रालाई न्यूनतम प्रादेशिक तहसम्मको सिफारिस दरको प्रयोग, बाली प्रक्षेपण मोडेल तथा सटिकीकरण कृषि पद्धतिको कृषकस्तरसम्म पहुँच र उपलब्धताको खाँचो खट्किएको छ । चीन भारतजस्ता छिमेकी देशहरूले वायोटेक्नोलोजी विधाको विकास गरी उत्पादनमा ज्यामितीय वृद्धि हासिल गर्न सफल भएका छन् । नेपालमा वैज्ञानिकहरूले विकास गरेका यस्ता प्रविधिलाई कृषक स्तरसम्म नै पु¥याउनु पर्दछ ।

धानखेती, एकल रूपमा वा धान–गहुँ, धान(मकै तथा धान–मुसुरोजस्तो बाली चक्रमा लगाउँदा खाद्यतत्व व्यवस्थापन, सिचाइँयुक्त पानी, झारपात तथा रोग व्यवस्थापन, मूल्यशृंखला अभिवृद्धि, विशिष्ट सघनतायुक्त चैते तथा बोरोधान खेती विस्तार, कोसेबाली तथा हरियो मल व्यवस्थापन, आदि उपयुक्त प्रविधि हुन सक्दछ । धानबाली खनजोतमा थुप्रै खर्च हुने र यसले माटोको भौतिक, रासायनिक र जैविक गुणमा समेत ह्रास पु¥याउन जाने हुनाले छरुवा धान खेती प्रविधि उपयुक्त हुन सक्दछ ।

नेपाल कृषि अनुसन्धान परिषद्, नेपाली कृषि विश्वविद्यालयहरू, विश्वविद्यालय, अनुदान आयोग तथा अन्य थुप्रै गैरसरकारी निकायहरूले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा थुप्रै अनुसन्धान पूरा गरेका छन् तर ती नतिजाहरू कृषि मैत्री भाषामा अनुवाद गरी संघीय, प्रादेशिक तथा स्थानीय सरकारी निकायमार्फत कृषक तालिम पु¥याउनु अझै फलदायी कार्य हुनेछ । एसियाका करिब ९० प्रतिशत जनताको मुख्य खाद्यान्नबाली धान रहँदा पनि लगभग ५ प्रतिशत मात्रै अन्तर्राष्ट्रिय टे«डले ओगटेको परिवेशमा गहुँ र मकै जस्तै यसको मुख्यशृंखला अभिवृद्धि र बजारीकरणमा नेपाल सरकारले नवप्रवर्तनकारी योजना तर्जुमा र कार्यान्वयन गर्नुपर्दछ । यसले धानबाली क्षेत्रफल र उत्पादन विस्तार तथा उत्पादकत्व वृद्धिमा सरहानीय भूमिका खेल्नेछ ।

दोस्रो त्रि–वर्षीय योजनादेखि नै नेपालको तराई क्षेत्रलाई अन्न भण्डारण, मध्यपहाडी क्षेत्रलाई वागबानी तथा उच्च पहाडी तथा हिमाली क्षेत्रलाई पशुपालन तथा जडिबुटी खेती व्यवसायमा विकास गरी उत्तर–दक्षिण राजमार्ग र भू–राजनीतिक बनावट मिलाई नेपालको प्रादेशिक तथा स्थानीय विकासमा लाग्नु अत्यन्त लाभदायक विषय हुनसक्छ । लगभग ७ लाख मेट्रिक टन रासायनिक मल खरिद आवश्यकता पूरा गर्न हाल राष्ट्रिय पुँजी अभाव हुने देखिएको, धानखेतीले मात्र यसको लगभग दुईतिहाइ हिस्सा ओगट्ने परिवेशमा मल व्यवस्थापन मोडलको विकास र विस्तार गर्नु जरुरी छ । व्यवस्थापन मोडल तयार गरी प्रादेशिक मलदर सिफारिस गर्न सक्दा युरियाजन्य मलको बचत हुने र लगभग १५ देखि २० प्रतिशत रासायनिक मलको मूल्य कटौती हुने देखिन्छ ।

कृषि इच्छाइएको व्यवसाय बनाउन र यसलाई नवपर्वतनकारी अनुसन्धान र नीतिमा जोडी रोजगारमूलक व्यावसायिक कृषिमा नेपालको कृषि देशलाई जोड्नु पर्दछ । कृषिअन्तर्गत धान नेपालको पहिलो बाली रहेको र लगभग ५९ लाख मेट्रिकटन उत्पादन हुँदासमेत लगभग ५० अर्ब रुपैयाँ बराबरको धान चामल आयात हुनु बिडम्वना हो । यो बिडम्बना रोकी धान चामलमा अत्मनिर्भर राज्य निर्माणमा २०८२ सालको धान दिवसले सफलता पाओस् ।

प्रतिक्रिया