काठमाडौँ । एमएडब्लू वृद्धिले बालकुमारी र बसुन्धरामा अत्याधुनिक विद्युतीय सवारी साधन (इभी) केन्द्रीत सर्भिस सेन्टर सञ्चालन गर्न लागेको छ । ग्राहकलाई अझ राम्रो सेवा दिन र बिक्रिपछिको सेवालाई अझ सशक्त बनाउने उद्देश्यले कम्पनीले इभी केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्न लागेको हो ।
रणनीतिक रूपमा शहरका प्रमुख स्थानहरूमा स्थापना हुने यी सर्भिस सेन्टरहरूले ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञस्तरको सेवाप्रदान गर्ने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार सर्भिस सेन्टरबाट दिइने सेवाहरु डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र कार्यान्वयन हुनेछ । सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस वेहरू रहनेछन् । जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मतगर्न सक्ने क्षमता राख्नेछन् ।
एक्स्पर्ट केयरका लागि नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कशप हुनेछन् । यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या ३ पुग्नेछ।
आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लू वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवा सम्बन्धि प्रतिबद्धतालाई अझ मजबुत बनाउने दाबी गरेको छ ।
यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया