नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई उनले नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरे । ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरू लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी गरी अघि बढनुहोस्। सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ,’-अर्थमन्त्री पौडेलले भने ।

प्रतिनिधि मण्डलमा सहभागीहरूले सूचना प्रविधि, व्यापार, हाइड्रो, पूर्वधार, वातावरण, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए। प्रतिनिधि मण्डलमा मलेसिया-नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राह लगायत सहभागी थिए ।

प्रतिक्रिया