रहेनन् फुटबलर जोटा

लन्डन । इंग्लिस क्लब लिभरपुलका फरवार्ड डियागो जोटाको निधन भएको छ । स्पेनमा कार दुर्घटनामा परी उनको निधन भएको पोर्चुगलका सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी २८ वर्षका थिए ।

जोटा आफ्नो भाइ आन्द्रे जोटासँग यात्रा गरिरहेका थिए, जो २६ वर्षीय फुटबलर हन् । उनीहरू चढेको कार स्पेनको सामोरा प्रान्तस्थित ए–५२ राजमार्गमा बाटोमा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया