एसिसी यू–१६ इस्ट जोन क्रिकेट : फाइनलमा सिंगापुरले नेपाललाई दियो ११४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा उपाधि जित्नका लागि सिंगापुरले नेपाललाई ११४ रनको समान्य लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउदै ११३ रनको योगफल बनायो । उसका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । त्यसैगरी रिहान नाइकले १५, दान्स गुप्ता १२ रन र आकाश तेजा १० रन बनाए ।

त्यसबाहेक सिंगापुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन–तीन विकेट लिए भने शुभम खनालले दुई विकेट लिए ।

त्यस्तै कप्तान बिपिनप्रसाद शर्माले एक विकेट लिए । नेपाल जारी प्रतियोगितामा अपराजित छ । सिंगापुर भने समूह चरणमा नेपालसँग पराजित भएको थियो । त्यसपछि सिंगापुरले पनि सबै खेलहरू जितेको थियो ।

नेपालले मलेसियालाई हराउँदै सेमिफाइन यात्रा तय गरेको थियो भने सिंगापुरले हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको हो । आजको फाइनल खेलमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । यस संस्करणमा नेपाल साविक विजेता पनि हो । गत संस्करणको फाइनलमा मलेसियालाई २२१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतिक्रिया