काठमाडौं । मलेसियामा जारी एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेटअन्तर्गत आज फाइनल खेलमा सिंगापुरासँग नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको छ ।
आज मलेसियामा टस जितेर सिंगापुरले ब्याटिङ रोजेको हो । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो ।उता, सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई हराएको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए ।
समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले हराएको थियो । यस संस्करणमा नेपाल साविक विजेता पनि हो , गत संस्करणको फाइनलमा मलेसियालाई २२१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
नेपालले यसअघि समूह चरणको खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो । समूह चरणमा नेपालले भुटानलाई २९८ रनले तथा इन्डोनेसियालाई ३७० रनले हराएको थियो । यसैगरी सिंगापुरले समूह चरणका खेलमा भुटानलाई २२६ रनले, जापानलाई तीन विकेटले तथा इन्डोनेसियालाई ९ विकेटले हराएको थियो ।
नेपाल समूह चरणका चारवटै खेल जितेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । उक्त समूहबाट दोस्रो स्थानमा रहँदै सिंगापुर पनि सेमिफाइनलमा पुगेको हो ।
यस्तै समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका थिए । नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका थिए ।
प्रतिक्रिया