आजदेखि लमजुङमा गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी फुटबल कप प्रतियोगिता

लमजुङ । जिल्लाको सदरमुकाम बेसीशहरमा (आज) बिहीबारदेखि हुने गण्डकी प्रदेशकै प्रतिष्ठित त्रिवेणी राष्ट्रव्यापी फुटबल कप प्रतियोगिता हुँदै छ । उक्त प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

त्रिवेणी रंगशाला सहजी खेलमैदानमा आज दिउँसो १ बजे त्रिवेणी कप फुटबल प्रतियोगिताको ३१औँ संस्करणको उद्घाटन हुँदैछ । प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य एवं क्लवका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले प्रतियोगिताको सवै तयारी पूरा भएको बताए । बुधबार पत्रकारहरुसंग खेल तयारीबारे कुरा गर्दै उनले प्रतियोगिता सुरु हुन मात्रै बाँकी रहेको बताए । उनका अनुसार यस वर्ष खेलाडी दर्शकको सहजताको लागि थप प्याराफिटहरु निर्माण गरिएका छन् ।

प्रतियोगितामा यस वर्ष कूल २१ टिमले सहभागिता जनाएको प्रतियोगिताका खेल संयोजक सिजन श्रेष्ठले बताए । यस वर्ष विभागीय टिमहरु त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लव साथै क्वीन गोर्खाज युकेलगायत प्रतिष्ठित टिमहरुले भाग लिनेछन् । उद्घाटन खेल आयोजक त्रिवेणी युवा क्लव र सुन्दरबजार फुटबल क्लबबीच हुनेछ । पुस १५ ल्होसारको दिनबाहेक खेल निरन्तर ८ दिन सञ्चालन हुनेछ ।

प्रतिक्रिया