अन्तिम खेलमा वेस्ट इण्डिजलाई ६ विकेटले हराएर नेपालकाे सान्त्वना जित

काठमाडौं । आइसीसीबाट टेष्ट राष्ट्रको मान्यता पाएको पाहुना टोलीको रुपमा आगामी महिनामा हुने टी–२० विश्वकपको तयारीका लागि नेपालमा क्रिकेट खेल्न आएको वेस्ट इण्डिज ‘ए’लाई घरेलु राष्ट्रिय टोली नेपालले पाँचौँ तथा अन्तिम खेलमा आज ६ विकेटले हराउँदै विजयी भएको छ ।

तर यस पाँच खेलमा सिरिजको उपाधि भने वेस्ट इण्डिजले ३–२ ले हात पारेको छ । आज अन्तिम खेलमा आसिफ शेख र अनिल साहले दोस्रो विकेटमा ७१ बलमा ९६ रनको साझेदारी तथा कुशल मल्लको सानदार ब्याटिङमा नेपालले शृंखलामा सान्त्वना जित हात पारेको हो ।

आज भएको अन्तिम खेलमा वेस्ट इण्डिजले दिएको १७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । अन्तिम १२ बलमा जित्नलाई २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए ।

नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । ओपनर कुशल भुर्तेललाई १३ रनमा नेपालले गुमाएको थियो ।

दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए । दीपेन्द्रसिंह ऐरी ५ रनमा आउट भए । ओबेद म्याककोयले ३ र म्याथ्यु फर्डले १ विकेट लिए । त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इण्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

वेस्ट इण्डिजका एलिक एथानाजेले २९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४२ रन बनाए । कप्तान रोश्टन चेशले २३ बलमा ५चौकासहित सर्वाधिक ३३, जोनसन चाल्र्स २४, कदिम एलियन र मार्क दयालले ११९११ रनमा आउट भए ।

म्याथ्फु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए ।

अविनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसपछि १० रन, ७६ रन र २८ रनले पराजित हुँदै नेपालले सिरिज गुमाएको थियो ।

नेपाललाई जितका लागि १७३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७२ रन बनायो ।

वेस्ट इण्डिज ‘ए’ का लागि एलिक एथानाजेले २९ बलमा एक चौका र ३ छक्कासहित ४२ रनमा नट आउट रहे । रोस्टन चेसले २३ बलमा पाँच चौकासहित सर्वाधिक ३३ रन, जोनसन चार्ल्स २४, कदिम एलियन र मार्क दयालले ११–११ रन बनाए । म्याथ्फु फर्ड १२ बलमा ३ छक्कासहित २३, फबिएन एलेन ३ र गुणाकेश मोती १ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । स्पिनर सागर ढकालले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अविनाश बोहराले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए ।

यसअघि नै तीन खेलमा लगातार हार बेहोर्दै पाँच खेलको सिरिज गुमाइसकेको नेपाली टोली आजको खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा थियाे भने त्याे पूरा भएकाे छ ।

प्रतिक्रिया