५ वटा नदीलाई प्लास्टिकमुक्त बनाइँदै

काठमाडौं । नेपालका ५ वटा नदीलाई प्लास्टिकजन्य फोहोरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले ७ स्थानीय तहसँगको सहकार्यमा बाग्मती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहोरबाट मुक्त बनाउने भएको हो ।

क्याप परियोजनाका कार्यक्रम प्रमुख उज्ज्वल उपाध्यायका अनुसार ती नदीहरूलाई प्लास्टिजन्य फोहोरबाट मुक्त बनाउनका लागि ललितपुरको ललितपुर महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका, महोत्तरीको बर्दिबास नगरपालिका, धादिङको गजुरी गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिन्धुलीको गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो ।

परियोजनाले स्थानीय पालिकाको सहकार्यमा प्लास्टिकजन्य फोहोरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरिने प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहोर फाल्न नदिन र फ्याँकिएका फोहोर संकलन तथा रिसाइकल गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको उनले बताए ।
प्रमुख उपाध्यायका अनुसार प्लास्टिकको फोहोर संकलन संयन्त्रलाई सुदृढ गर्दै र प्राविधिक नवप्रवर्तनमार्फत् रिसाइक्लिङ प्रयासलाई बलियो बनाएर ल्यान्डफिल र नदीबाट प्लास्टिकको फोहोरलाई उत्पादन मूल्य शृंखलामा लैजाने लक्ष्य छ ।

चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि यो कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । प्लास्टिकजन्य फोहोरले नदीको सौन्दर्य बिग्रिनुका साथै स्वास्थ्यमा असर गर्ने भन्दै उनले अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

त्रिशूली नदी सरसफाइ अभियानका लागि धादिङको गजुरी गाउँपालिका, चितवनको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकासँग सहकार्य गरिनेछ । त्रिशूली नदी आसपासका बजार बस्तीबाट निस्किने प्लास्टिकजन्य फोहोरलाई संकलन गरी त्यसलाई पुनःप्रयोग गरिनेछ ।

परियोजनाले स्थानीय तहको सहकार्यमा प्लास्टिकजन्य फोहोरले पार्ने असरबारे जनचेतना र व्यवस्थापनका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने परियोजना प्रमुख उपाध्यायको भनाइ छ । प्लास्टिकजन्य फोहोर फाल्न नदिन र फ्याँकिएका फोहोर संकलन तथा ‘रिसाइकल’ गरी नदीलाई सफा र स्वच्छ बनाउने उद्देश्यका साथ यो परियोजना सञ्चालन गरिएको हो ।

चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्लास्टिकजन्य फोहोरले नदीको सौन्दर्य बिग्रिनुका साथै स्वास्थ्यमा असर गर्ने भएकाले अध्यक्ष गुरुङले यस अभियानमा गाउँपालिकाले पनि साथ दिने प्रतिबद्धता व्यक्त गरे । नदी सरसफाइ भएसँगै त्रिशूली नदीमा जलयात्रा पर्यटनमा समेत वृद्धि हुने विश्वास लिइएको छ ।

क्रिएसन नेपालका अनुसार स्थानीय तहहरूका लागि प्लास्टिकजन्य फोहोर व्यवस्थापन चुनौती बनेकाले यस अभियान सञ्चालन गरिएको हो । कार्यक्रमअन्तर्गत समुदायमा पैरवी, नदी सरफाइ अभियानलगायत काम हुनेछन् । विद्यालयका बालबालिकामार्फत् प्लास्टिकजन्य फोहोरलाई कसरी वर्गीकरण गर्ने, कसरी अव्यवस्थित विसर्जन नगर्ने, नदीनालालाई कसरी प्लास्टिकमुक्त बनाउने भन्नेबारेमा जनचेतना समुदायमा फैलाउने लक्ष्य परियोजनाले जनाएको छ ।

प्रतिक्रिया