यू–१९ एसिया कप क्रिकेट : अफगानस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौं । १९ वर्षमुनि एसीसी (यू–१९) एसिया कप क्रिकेटअन्तर्गत आभ जारी रहेको खेलमा अफगानिस्ताले नेपाललाई जितको लागि २६२ रनको लक्ष्य दिएको छ ।

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेटको क्षतिमा २६२ रनको योगफल बनाएको हो । नेपालविरुद्ध जम्सीद जड्रानले शतक प्रहार गरे । १ सय ५२ बलमा ८ चौका हानेका जम्सिद १०६ रन बनाउँदा रिटायर्ट हर्ट भए ।

उत्कृष्ट सुरुवात गरेको नेपालले चौथो र पाँचौं विकेटका लागि निकै संर्घष गर्नुपरेको थियो । पाँचौं विकेटका लागि नुमान र जम्सिदले ८२ बलमा ९७ रनको साझेदारी गर्दै अफगानिस्तानलाई विशाल योगफल तर्फ लगेका थिए ।

सुवासले ४२ औँ ओभरको चौथो बलमा नुमानलाई ६० रनमा क्याच आउट गराउँदै नेपाललाई महत्वपूर्ण सफलता दिलाए । ४१ बलमा ५ चौका र ३ छक्का हानेका नुमान सुवासको बलमा दिपेश कडेलको हातबाट क्याच आउट भए ।

त्यसअघि चौथो विकेटका लागि जम्सीद जडान र रहिमुल्लाह जसरमतीले १२९ बलमा ८१ रनको साझेदारी गर्दै अफगानिस्तानको इनिङ्स उकासेका थिए ।

दीपेशले २८औँ ओभरको अन्तिा बलमा रहिमुल्लाह जुरमतीलाई ३५ रनमा क्याच आउट गराउँदै नेपालका लागि महत्वपुर्ण विकेट लिएका थिए । ६५ बलमा २ चौका हानेका रहिमुल्लाह दिपेशको बलमा सुवास भण्डारीको हातबाट क्याच आउट भए । हेमन्त धामीले सातौँ ओभरमा लगातार दुई विकेट लिदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।

हेमन्तले सातौ ओभरको दोस्रो बलमा ओपनर खालिद तनिवाललाई १० रनमा पवेलियनको बाटो देखाए । ११ बलमा १० रन बनाएका खालिद हेमन्तको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए । हेमन्तले सोही ओभरको तेस्रो बलमा अक्रम मोहम्मजाइलाई बोल्ड आउट गरे । अक्रम गोल्डेन डकआउट भए ।

त्यसअघि अलराउण्डर गुल्सन झाले दोस्रो ओभरको पाँचौं बलमा ओपनर वाफीउल्लाह ताराखिललाई १५ रनमा कप्तान देव खनालको हातबाट क्याच आउट गराए ।

खालिल अहमद १३ रन बनाउँदा आकाश चन्दको बलमा बोल्ड आउट भए । मोहम्मद युनुस २ रन बनाउादा सुवास भण्डारीको बलमा दिपक बोहोराको हातबाट क्याच आउट भए । कप्तान नसिर खान ४ रनमा रनआउट भए । फरिदुन शुन्य रनमा आउट भए ।

नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले समान २ विकेट लिए । दिपेश कडेल र आकाश चन्दको नाममा समान १ विकेट रह्यो । दिपेशले आफ्नो स्पेलमा ३४ रन खर्चेर १ विकेट लिए । सुवासले १० ओभरमा ४९ रन दिएर २ विकेट झारे। आकाश चन्दले आफ्नो स्पेलमा १ मेडन राख्दै ६६ रन खर्चेर १ विकेट आफ्नो नाममा गरे ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाल अफगानिस्तानलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गराउन चाहन्छ । अफगानिस्तान पनि पहिलो जितको खोजीमा छ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित भएको थियो ।

उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’ मा युएई, जापान, बंगलादेश र श्रीलंका छन् । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा भारत र पाकिस्तान भिड्दैछन् ।

पहिलो खेलमा कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । आजको खेलमा उनीहरूबाट नेपाली टोलीले राम्रो प्रदर्शनको आशा गरेको छ ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो । अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग ७ विकेटले नै हारेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

एसिया कपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तानसँगै अफगानिस्तान छ । समूह बीमा यूएई, जापान, श्रीलंका र बंगलादेश छन् । एसिया कप मंसिर २२ देखि पुस १ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया