तपाईंले पार्टीमा ल्याएको अध्यक्षीय प्रणाली वापत हाम्रो घरपरिवारलाई भाते मुद्दा लगाइयो । धनकुटाबाट आएका तपाईंले ल्याएको विचारमा त्यति बेला आफैँ धेरै स्पष्ट नभएका गोपाल गुरागाईंलाई भात खुवाएको थाहा पाएर हामीलाई सुनसरीकाम नेताले भाते मुद्दा लगाए । हामीलाई पार्टीको छेउकिनारमा पार्न थाले । कमरेड अध्यक्षका सकारात्मक पक्षहरूमा आधारित लेखहरू लेख्दा डा.पोखरेललाई ओलीको हली पनि भने । तर उहाँ सकार र नकार दुवै पक्षहरूका बारेमा लेख लेख्नुहुन्छ ।
समाजमा विद्यमान विभेद, अपमान, असमानता र अन्यायहरूका विरुद्ध उभिएको पार्टी हो, एमाले । तर यही पार्टीमा जीवनको ७० वर्ष लगान गरेका नेता र कार्यकर्ता पार्टीका केही नेताबाटै घोर अपमानित हुँदा रहेछन्, हुन्छन् । यो पीडा मेरो मात्र होइन तमाम इमानदार र पार्टी प्रतिबद्ध नेता कार्यकर्ताको हो ।
पानी र बानी माथिबाट आउने हो भने सुनसरीमा किन ढल मिस्सिएको पानी बग्छ ? किन बग्छ भने हामीले पहिलेको खराब बानी छाड्नुपर्छ गति मति र बेहोरा सपार्नुपर्छ नभनी माकुने कालको दुस्प्रवृत्ति र पात्रलाई अँगालो हाल्यौँ । भुस्कुल विद्यार्थीलाई क्लास चढाउनु छ भने कम्तीमा चढेको क्लास धान्ने खालको पढाइ पूरा गर्न होमवर्क त दिनुपर्छ नि । एमाले र ओली मुर्दावाद भन्ने र धरानमा हुने भनिएको युवा संघको केन्द्रीय भेला रोक्न लाठामुंग्रा लिएर भिडन्त गर्न जानेलाई निःसर्त पार्टीमा काँध हाल्यौँ । उक्त भेलामा बोलाइनु भएर उपस्थित हुनुभएकी तत्कालीन पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई धरानमा भात पानी खानसम्म नदिने नदिलाउने र अवरोध गर्ने तत्वहरू सरक्क एमाले र ओली पक्षधर भए । तिनीहरू परिवार नै सभासद् भएर हाम्रा अगाडि फुर्ति देखाइरहेका छन् । तिनैले सबै खालको मान मनितो र अवसर पाएका छन् ।
कम्युनिस्ट पार्टी त्यसमा पनि एमाले जनवादी तथा लोकतान्त्रिक पार्टी हो । यहाँ माओवादीजस्तो उपल्ला र माथिल्ला तहका एकाध नेता बाहुबल र बोली बल वा हकारपकार चल्दैन भन्ने बुझेको हो । हुन पनि जबजले कार्यकर्ता र नेताको तथा जनताको मन जितेर राजनीति गर्नुपर्छ भन्ने मान्यताको पार्टी हो । नेता र कार्यकताले नजानी गरेका गल्तीलाई राम्ररी सम्झाएर सच्याउनुपर्छ भन्ने पार्टी हो । प्रमुख वा उपल्ला तहका नेताले गरेका गल्तीलाई पनि सुधार गर्ने गरी सुझाव दिँदा मात्र पार्टी सही लाइनमा हिँड्छ । प्राडा बद्रीविशाल पोखरेल उभ्रेको समयमा कम्युनिस्ट आन्दोलनका सकार र नकार उल्लेख गर्नु हुन्छ र धेरै कुरा आफूले पनि थाहा पाइएको छ । उहाँले बताए अनुसार र आधुनिक चीनका निर्माता तेङ सियायो पेङलाई शङं्कै शंङ्काका भरमा माओत्सेतुङले मर्नु न बाँच्नु अवस्थामा पु¥याएका रहेछन् । तेङलाई कठोर कारावासको सजाय दिइएको रहेछ । उहाँ बारेको एक किताब घरमा नै भएकाले त्यो किताब पढ्दा मेरो मन रोयो ।
माओका लाल सेना र लडाकाहरूले तेङका विद्यालय पढ्न गएका छोराछारीहरूलाई अत्यन्त अपमान गरेको रहेछन् । ती लडाकाले तेङका सन्तानका झोला किताब खोसेर बाटामा फालिदिन्थे रे ! तेङको परिवार माओका कारण नाकाबन्दीमा परे । सबैतिरबाट घोर अपमानित भएको पीडा खप्न नसकेर तेङका जेठा छोराले आत्महत्यासम्म गर्न बाध्य हुनुपरेको रहेछ । बाबुनानीहरू आमालाई हाम्रा बुबा तङ खराब मानिस हो भनेर रुँदै सोध्थे रे ! धन्न तेङकी श्रीमती आफ्ना लालाबालाहरूलाई सम्झाउँदै तिम्रा बुबा खराब मानिस होइन बाबु भन्दै सम्झाउँथिन् रे ! यस्ता दुःखदर्दका कथाहरू अलिअलि थाहा पाइएको थियो तर यस्तै खालको पीडा हामीले एमालेमै रहेर भोग्नु परिरहेको छ अध्यक्ष कमरेड ।
तपाईंले पार्टीमा ल्याएको अध्यक्षीय प्रणाली वापत हाम्रो घरपरिवारलाई भाते मुद्दा लगाइयो । धनकुटाबाट आएका तपाईंले ल्याएको विचारमा त्यति बेला आफैँ धेरै स्पष्ट नभएका गोपाल गुरागाईंलाई भात खुवाएको थाहा पाएर हामीलाई सुनसरीकाम नेताले भाते मुद्दा लगाए । हामीलाई पार्टीको छेउकिनारमा पार्न थाले । कमरेड अध्यक्षका सकारात्मक पक्षहरूमा आधारित लेखहरू लेख्दा डा.पोखरेललाई ओलीको हली पनि भने । तर उहाँ सकार र नकार दुवै पक्षहरूका बारेमा लेख लेख्नुहुन्छ । उहाँ नेताका सकार धेरै छन् भने अलिअलि नकारलाई त्यति ध्यान दिनु हुन्न तर नकार पक्ष बढ्दै गयो भने सुझाव दिने गरी लेखहरू लेख्नुहुन्छ । सुझाव स्वरूप लेखेकै भरमा डा.पोखरेलप्रति नकारात्मक धारणा राख्नु अपराध नै हो । जो गर्जिन्छ त्यो बर्सिन्न । तर जो कप्टी छ बोल्दैन त्यो भने गोमन र करेट सर्प बराबर घातक हुन्छ ।
डा. पोखरेल जस्तो पार्टी र नेता सप्रियुन् भनेर लाग्ने कमै होलान् । कहिलेकाहीँ उहाँ घरमा नै झर्को फर्को गर्नुहुन्छ अनि अलि ठण्डा भएपछि म उहाँलाईं सोध्ने गर्छु किन आज धेरै झर्को फर्को गर्नु भाको भन्छु । उहाँले पार्टी र नेताप्रतिका कुरा र कामबाट यस्तो भएको हो भन्नुहुन्छ । घरबाहिरका विषयलाई लिएर घरमा कहिलेकाहीँ तनाव हुन्छ भनेको सुनेकी थिएँ । डा. पोखरेलबाट म आफैँ पनि पीडित भएकी छु । एमालेको नौ महिने सरकारका पालामा राहत कोटाको शिक्षकमा लिखित परीक्षा मैले पनि दिएकी थिएँ । यी उत्तर पुस्तिका जाँच्नेमा डा. पोखरेल र पल्टन भट्टाचार्य रहनुभएको रहेछ । उहाँहरू दुवैले हामी काठमाडौं गएका छौँ भनेर घरमा ढाँट्नुभयो । तर उहाँहरू इनरुवा शिक्षा कार्यालयमा कपी जाँच गरेर बस्नु भएछ । त्यस परीक्षामा म अनुत्तीर्ण भएँ ।
डा. पोखरेलले मेरो ह्यान्डराइटिङ हेरेर मेरै उत्तरपुस्तिका हो भन्ने ठम्याउनु भएछ । १० नं थप गरेको भए म पास हुने थिएँ तर यति पनि नगरी म अनुत्तीर्ण भएँ । पल्टनकी पनि भान्जीले जाँच दिएकी रहिछन् । उहाँहरू दुवैले जिशिअका अनुसार तुरुन्तै सय जनाको राहत दरबन्दी विज्ञापन खुल्दैछ भने त्यति बेला मिहिनेत गर्न लगाउँला । अहिले जिशिअले भनेबमोजिम निष्पक्ष गराँै भन्ने सल्लाह गर्नुभएछ । उहाँहरू दुवै सोझा प्राणी पर्नु भएछ, मौका आउँछ पर्खदैन भन्ने थाहा नहुँदा हाम्रा हातको जागिर उम्कियो ।
सुनसरी र इटहरीमा पार्टी अध्यक्ष भण्डारी र केन्द्रीय सदस्य लक्ष्मी गौतमको मनपरी कार्यकर्तालाई खपि नसक्नु भएको छ । यी दुवै जनामा कम्युनिस्ट चरित्र नै पाइन्न । यिनका पार्टी विरोधी गतिविधिको लामो फेहरिस्त छ । योग्य, अनुभवी, दक्ष, इमानदार र पार्टी प्रतिबद्ध कसैलाई पनि देखि नसहने प्रवृत्ति दुबैमा कुटकुट भरिएको छ । इटहरी नगरपालिकामा नगरप्रमुख बनेका पूर्वनगरप्रमुख चौधरीविरुद्ध सुरुदेखि नै लागेका थिए । याम सुब्बाले विगत स्थानीय निर्वाचनमा नगरप्रमुख उम्मेद्वारमा उठ्न चाहँदा तपाईं चुनावमा हार्नुहुन्छ भनेर निराश बनाउने रेवती भण्डारी नै हुन् ।
किनकि उनी गौतमलाई मेयरमा उठाउन उनलाई काँधमा बोकेर हिँडेका थिए । अनेक दाउपेच गरेर अक्सर नैतिक रूपमा कमजोर संगठित सदस्यहरूलाई साथ लिएर पार्टीमा अवसरवादीको जमात बनाउन चाहन्छन् रेवती । अहिले भण्डारी र गौतमका गलत गतिविधि थाहा पाउनेहरू उनीहरूसित टाढिँदै गएका छन् तर उनीहरू नयाँ नयाँ पात्रलाई आफ्ना वरिपरि भेला पारेर छलछाम र ठगी धन्दामा लागेका छन् ।
यी दुवैले मिलेर याम सुब्बालाई हराउन भूमिका निर्वाह गरेको तथ्य बाहिर आएको छ । इटहरी नगर पार्टी अध्यक्ष थाम सुब्बा र सचिव रुपेश बस्नेतले हस्ताक्षर गरेको चुनावी समीक्षात्मक प्रतिवेदनमा भण्डारी र गौतमले चुनावमा अन्तर्घात गरेको स्पष्ट रूपमा उल्लेख गरिएको छ । उक्त प्रतिवेदन पाँच पेजको रहेको छ । सुनसरी जिल्ला पार्टी कार्यालयमा पे्रषित स्थानीय निर्वाचन समीक्षात्मक प्रतिवेदन (२०७९।०४।०१) को ४ पेजको दोस्रो र तेस्रो बुँदामा केन्द्रीय सदस्य लक्ष्मी गौतम र जिल्ला अध्यक्ष रेवती भण्डारीले नगर प्रमुखका उम्मेद्वारलाई हराउन निर्वाह गरेको भूमिकाको विवरण किटानी साथ उल्लेख गरिएको छ । त्यस पत्रमा मेयर उम्मेद्वार याम सुब्बालाई हराउन के कस्ता हथकण्डा अपनाइएको थियो भन्ने बेलिबिस्तार लगाइएको छ । सियो चोर्नेले फाली र फाली चोर्नेले घर नै फोर्छ भनी जान्ने नेताले बेलैमा पार्टी र नेतालाई सच्याउन लागिपर्नुपर्छ ।
विकृतिप्रति असहमत हुने म जस्ता पुराना पार्टी प्रतिबद्ध नेता र कार्यकर्तालाई उठ्नै नदिने गरी काम गर्न थालेको देखिन्छ । यस्तो अवस्थामा पार्टी अपराधीहरूको जत्था हुनेछ । टोप बहादुर रातारात जन्मिएको होइन । त्यसैले हामीले पार्टीमा सुरु र विकसित हुन थालेको विकृति उजागर गर्न कोसी प्रदेश प्रथम अधिवेशन स्थलमा धर्ना अभियान सञ्चालन ग¥यौँ । इटहरी उपहामहानगर पालिकामा आफ्नै पार्टीका मेयरका उम्मेद्वारलाई हराउन खेलेको भूमिका विषयको पर्चा पनि वितरण ग¥यौँ । त्यस पर्चा आवाजविहीन कार्यकर्ताको आवाजका रूपमा प्रस्तुत गरेका थियौँ । यस्ता चरम विकृतिको फेहरिस्त सुनसरीमा निक्कै लामो छ । तसर्थ विकृतिलाई पहिचान गर्न र तिनलाई समयमै निरुत्साहित गर्न गम्भीर पहल गरौँ र पार्टी बचाऊँ भनिएको छ । पर्चामा जस्तासुकै समस्या आए पनि ती समस्यासित जुधेर पार्टी बचाउँ भनिएको छ । तीतोे सत्य नबोल्ने नीडर र निर्भिक नेता र कार्यकर्ताका अभावमा पार्टीमा विकृति बढेका हुन् । चरम विकृत नेताले पार्टीमा हालीमुहाली गर्ने अनि अनि इमानदारहरू निराश हुनु पलायन हुनु र पार्टीबाट खदेडिन्ु पर्ने परिस्थितिलाई धर्ना अभियानले तोड्न खोजेको छ । निराश भएका कार्यकर्तामा उत्साहको बाटो देखाएको छ । विराटनगरको होटल मनास्लुमा अधिवेशनमा आएका सबै जसोले यो हाम्रो अभियानलाई मन पराए । कसैले मौन रुपमा कर्सैले खुला रुपमा समर्थन गरेको पाइयो ।
यसपालि कोसी अधिवेसनका लागि इटहरीबाट प्रतिनिधि छनौट गर्ने कुरा थियो । भरसक सर्वसहमति वा सम्मतिबाट प्रतिनिधि छानौँ भन्ने कुराका विपक्षमा लागिएन । .हामी जत्तिका नेता कार्यकर्ताले विपक्षलाई रमित देखाउने काम गर्नु पनि भएन तर डा. पोखरेल र म रेवती र लक्ष्मीका लागि असह्य भएछौँ । प्रदेश सदस्य भएकालाई सकेसम्म प्रतिनिधि छान्ने निर्देशनको ठाडो उल्लङ्घन गरियो । वार्ड नगरमा रहेर काम सिक्दै गरेकाहरूलाई प्रतिनिधि बनाइयो । भण्डारी र गौतमले दुई रात गुटगत भेला भएको कार्यकर्ता सुनाउँथे । सहमतिका लागि सहमत भइयो तर यतिका पुराना र प्रतिबद्ध नेता र कार्यकर्ताहरू अपमानित भए । हात वा गोडाको औँलामा च्वास्स घोच्दा मुटुमा बिझ्छ, बिझ्नुपर्छ । मूल नेतृत्वले तमाम नेता र कार्यकर्ताप्रति भए गरेका अपमान,उपेक्षा र दर्दलाई समान महत्व दिनुपर्छ ।
पार्टी एउटा शरीर हो । शरीरका कुनै पनि भागमा लागेको घाउले मूल नेतालाई पोल्नु पर्छ । न्याय नपाए गोर्खा जानू राजा कालको कुरा हो । राजा महेन्द्रले जग्गा किचोला मुद्दामा आफ्नै सम्धीलाई हराउने न्यायमूर्तिलाई पुरष्कृत गरेका थिए । कतिपय सामन्त र राजाहरूमा पनि विवेक हुन्थ्यो भन्ने हामीले पढेका हौँ । यो धर्ना पार्टीभित्र कुनै पनि नेता र कार्यकर्तामा जस्तासुकै अपमान, उपेक्षा र अन्याय भए पनि निराश नहुने बरु डटेर समाधानका उपायहरू खोज्ने तर पलायन नहुने सन्देशका लागि हो ।
प्रतिक्रिया