काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ स्थित इन्द्रावती खोलाको बगरमा बालुवा लोड गरेर फर्किँदै गरेको एक टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त दुर्घटना आज आइतबार विहान करिब ३ बजे भएको हो । बा ४ ख ३३६३ नम्बरको टिपर उकालो चढ्ने क्रममा अचानक ब्याक भएर सडकबाट करिब १०० मिटर तल खसेर पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी टिपर चालक नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–७ निवासी ४८ वर्षीय लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको काभ्रेको हिगुवापाटी प्रहरी चौकीले पुष्टि गरेको छ । घटनास्थलमा प्रहरी टोली खटिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया