क्रिकेटमा सेमिफाइनल प्रवेशको लागि नेपाल भारतसँग मंगलबार भिड्ने

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियायी खेलकुदअन्तर्गत पुरुष क्रिकेटतर्फ नेपाल सेमिफाइनल प्रवेशको लागि क्वाटरफाइनलमा मंगलबार (भोलि) भारतसँग भिड्ने भएको छ ।

सोमबार (आज) भएको ‘ड्र’बाट नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो । नेपाल र भारतबीचको खेल मंगलबार बिहान ६ः४५ मा हुनेछ ।

क्वाटरफाइनलका अन्य खेलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ । अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका हुन् ।

अफगानिस्तान भने नखेली गएको हो भने भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले सोझै क्वाटरफाइलनमा स्थान पाएका थिए । नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई २७३ रनले हराएको थियो ।

प्रतिक्रिया