समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको बुटवल उप महानगरपालिका–५ नेपालगञ्जरोडमा आफ्नो कारोबार गर्दै आएको शाखा कार्यालय स्थानान्तरण भएको छ । बुटवल उप महानगरपालिका–६ अमरपथमा स्थानान्तरण भई सञ्चालनमा आएको शाखा कार्यालयको प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले उद्घाटन गरेका छन् ।

नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले सस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवा सुबिधा र शाखा कार्यालय स्थानान्तरणको आवश्यकता र महत्वको विषयमा जानकारी दिए ।

शाखा सञ्जाल १३ वटा रहेको फाइनान्सले अर्को आगामी दिनमा थप केही शाखा विस्तार गर्ने जनाएको छ । फाइनान्सको निःशुल्क मोबाइल बैंकिङ, डेबिट कार्ड, एसएमएस अलर्ट, रेमिटेन्स, आइपीएस, कनेक्ट आइपीएस, क्लियरिङलगायतका सेवा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया