चीनतर्फ उडे सन्दीप

काठमाडौं । एसियाली खेलकुद (एसियन गेम्म) मा सहभागि हुन् क्रिकेटर सन्दीप लामिछाने चीनतर्फ उडेका छन् । उनी घाइते भएका ललित राजवंशीको स्थानमा बोलाइएका अर्का क्रिकेटर सागर ढकालसँगै चीनतर्फ उडेका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र पूर्वकप्तासमेत रहेका सचिव पारस खड्कासँगको छलफलपछि उनी चीनको हाङजाओमा हुने एसियाड खेल्न तयार भएका थिए ।

प्रशिक्षणका क्रममा ललित घाइते भएपछि राष्ट्रिय टोलीमा बोलाइएका सागर ढकालले पनि यो पटकको एसियाडमा देशको प्रतिनिधित्व गर्दैछन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली भने आइतबार नै चीन गइसकेको छ । बलात्कार अभियोग लागेका लामिछाने भने त्यही दिन मुद्दाको पेसी परेकाले टोलीसँगै जान पाएनन् । तर न्यायाधीश नभएको भन्दै काठमाडौं जिल्ला अदालतले मुद्दाको सुनुवाइ स्थगन गरेपछि उनी चीन जाने बाटो खुलेको थियो ।

क्यानले हिजै (सोमबार) का लागि चीन जाने टिकट काटे पनि अध्यक्ष चन्द र सचिव खड्कासँग सन्दीपको सोमबार राति ९ बजे छलफल चलेको थियो । चन्द र खड्काले अन्तर्राष्ट्रिय खेलमा उनको पनि योगदान आवश्यक भएको भनेर सम्झाएपछि सन्दीप चीन जान तयार भएका थिए।

प्रतिक्रिया