काठमाडौं । अपि स्कुलको आयोजनामा हुने ‘अपि क्रिकेट कार्निभल’ भदौ ३० गतेदेखि सुरु हुने भएको छ । बिहीबार आयोजक अपि स्कुलले पत्रकार सम्मेलनमार्फत प्रतियोगिता भदौ ३० गतेदेखि असोज २ गतेसम्म हुने जानकारी दिएको हो ।
लिगकम नकआउट पद्दतिमा सञ्चानल हुने प्रतियोगिता धापासी हाइट, टोखामा सञ्चालन हुनेछ । प्रतियोगितामा काठमाडौंका १२ स्कुलको सहभागिता रहने आयोजकले बताएको छ ।
प्रतियोगितामा आयोजक अपि स्कुलको दुई टोली, युरो स्कुल, रेडियन्ट स्कुल, उज्जल शिशु निकेतन एकेडेमी, एलआरआई, मोक्षदा स्कुल, एन्जल हर्ट, नितेन मेमोरियल, थिलिङटार हाईअर सेकन्डरी, एभीएस र श्रीकामना बोडिङ स्कुलले सहभागिता जनाउने छ ।
प्रतियोगितामा सहभागी हुने टिमका खेलाडी सोही स्कुलमा अध्ययनरत हुनुपर्ने आयोजकले जनाएको छ । सहभागी टिमलाई एक समूहमा चार टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । १० ओभरको खेलमा प्रत्येक टिमका आठ खेलाडीले खेल्नेछन् । प्रतियोगिताकाको विजेता र उपविजेता टोलीलाई ट्रफी प्रदान गरिनेछ ।
प्रतिक्रिया