महिला विश्वकपमा ४८ टोली

जुरिच । सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता रहने छ । टोलीको संख्या बढेर १२ समूहमा खेल हुने छ । ६४ खेल थपिएर १०४ खेल हुने छ ।
विश्व फुटबल महिला महासंघ (फिफा) का अध्यक्ष जियनी इन्फाटिनोले धेरै देशले महिला फुटबललाई अग्रणी बनाउन थप मौका पाउने बताएका छन् ।

उनले यो निर्णयले संसारभरी नै महिला फुटबललाई फराकिलो बनाउने विश्वास व्यक्त गरे । न्युजिल्यान्ड र अस्ट्रेलियामा भएको पछिल्लो संस्करणमा इंग्ल्यान्डलाई हराउँदै स्पेनले उपाधि जितेको थियो । फिफाले अफगान शरणार्थी टिमलाई पनि स्वीकार गरेको छ ।

प्रतिक्रिया