काठमाडौँ । शुक्रबार नेपाली सिनेमा हलहरूमा २ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नवीन चौहानको ‘ऊनको स्वीटर’ र फुर्वा छिरिङ लामाको चलचित्र ‘जार’ हलमा लागेका हुन् ।
प्रेमकथामा बनेको ‘ऊनको स्वीटर’ले हलहरूबाट पहिलो दिन राम्रो सो पाएको छ । आक्रामक बुकिङ रहेको चलचित्रमा दर्शकहरूको उपस्थिति पनि उत्साहजनक देखिएको छ । आर्टमान्डू प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशक नवीन चौहान हुन् । यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा छन् ।
चलचित्रको कथा निर्देशक चौहानले नै लेखेका हुन् । सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपांगी मगर लगायतको अभिनय छ ।
त्यस्तै, ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।
चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायत कलाकारको अभिनय छ । यस चलचित्रले जार प्रथाको कथालाई बोकेको छ । प्रिमियर सोमा अत्यधिक रुचाइए पनि चलचित्रलाई ‘ऊनको स्वीटर’ तुलनामा न्यून सो छ ।
प्रतिक्रिया