टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली

नयाँ दिल्ली । २० जुनदेखि इंग्ल्यान्डमा सुरु हुने ५ टेस्टको ठुलो सिरिजअघि विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारी गरेका छन् । उनले सो जानकारी बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)लाई गराएका छन् ।

यो सिरिजकमा उनी टोलीको हिस्सा हुने विश्वास गरिएको छ । कोहलीले पछिल्लो १ महिनादेखि बिसिसिआईका अधिकारीहरूसँग यस विषयमा छलफल गरिरहेका थिए ।
यदि आफ्नो मन परिवर्तन गरेनन् भने उनले १४ वर्ष लामो सानदार करियरको अन्त्य गर्नेछन् । उनले १२३ टेस्ट खेलेका छन् । ६८ खेलमा कप्तानी गरेका छन् । ४६ दशमलव ८५ को औसतमा ९ हजार २३० रन बनाए ।

पछिल्ला समयमा टेस्ट क्रिकेटमा उनको प्रदर्शन खास रहेको छैन । नोभेम्बर २०२४ मा पर्थ टेस्टमा उनले अविजित १०० रन बनाएका थिए । यो जुलाई २०२३ पछि (पोर्ट अफ स्पेनमा वेस्ट इन्डिजविरुद्ध) उनको पहिलो टेस्ट शतक थियो । २०१९ मा पुणेमा दक्षिण अफ्रिकाविरुद्ध करियरकै उत्कृष्ट २५४ रन बनाएपछि उनको औसत ५५ दशमलव १० थियो । पछिल्लो २४ महिनामा ३२ दशमलव ५६ मा झरेको छ ।

प्रतिक्रिया