काभ्रेपलाञ्चोक । अखिल नेपाल फुटबल संघ (एन्फा)को नियमित साधारणसभा शुक्रबार काभ्रेको धुलिखेलमा कडा सुरक्षाबीच सम्पन्न भएकोे छ । सभाभित्र उदघटन समारोह भव्य रूपमा सम्पन्न गरिए पनि सभा स्थल बाहिर भने पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश नदिइएपछि विवाद चुलिएको थियो ।
धुलिखेल नगरपालिका सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरे । कार्यक्रममा स्वागत मन्तव्य महासचिव किरण राईले राखे भने नगरप्रमुख ब्यान्जुले शुभकामना मन्तव्य दिए । अध्यक्ष पंकज विक्रम नेम्वाङले धन्यवाद ज्ञापनसहित उद्घाटन कार्यक्रम समापन गरेका थिए ।
शुक्रबार सो साधारणसभामा भाग लिन आएका पूर्वअध्यक्ष गणेश थापालाई पास नभएको भन्दै गेटमै रोक्दा विवाद उत्पन्न भएको थियो । सशस्त्र प्रहरीको डिएसपीकै नेतृत्वमा सुरक्षा टोली खटाइएको थियो ।
शुक्रबार सो साधारणसभामा भाग लिन आएका पूर्वअध्यक्ष गणेश थापालाई पास नभएको भन्दै गेटमै रोक्दा विवाद उत्पन्न भएको थियो । थापा र उनका समर्थकहरू ‘अदालतको आदेश मान्नुपर्छ’ भन्दै सभा प्रवेशको माग गर्दै उभिएका थिए । थापाले भने, ‘कि अदालतको आदेश मान्दिन भन्नुप¥यो, कि मलाई भित्र जान दिनुपर्यो ।’
एन्फाः अदालतको आदेशबारे अस्पष्टता
एन्फा प्रवक्ता सुरेश शाहले भने अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गर्दै भने, ‘हामी सचिवालयको आधिकारिक पत्र नआएसम्म केही भन्न सक्दैनौँ । थुप्रै केसहरू छन्, कुन के हो भन्ने बुझ्न समय लाग्छ ।’
यस्तो थियो गणेश थापा प्रकरण
२ दशक नेपाली फुटबलमा शासन चलाएका गणेश थापाको ओरालो यात्रा सन् २०११ बाट सुरु भएको हो । तत्कालीन एसियाली फुटबल महासंघ(एएफसी)का अध्यक्ष मोहम्मद बिन हमामसँग थापाको सम्बन्ध एकदम निकट थियो ।
सन् २०१२ को १३ जुलाईमा प्राइस वाटर कर्पोरेट हाउसले एएफसीको अडिट र्साजनिक गरेको थियो । सो रिपोर्टअनुसार गणेश थाापका छोरा गौरव थापाको खातामा १ लाख अमेरिकी डलर गएको देखिएको थियो । सो रकमको कारण पछि गणेश थापाले हमामसँग निजी सहयोग लिएको बताएका थिए ।
गौरवले हमामबाट सो रकम लिएर पारिवारिक व्यक्तिलाई दिएको खुलासा भएको थियो । हमामले ऋणको कारोबार पनि नगरेको कारण आफ्नो छोराले व्यक्तिगत ऋण लिएको दावीलाई अन्तर्राष्ट्रिय फुटबल समुदायले पत्याएको थिएन ।
१ जुन २०१४ मा सन्डे टाइम्सले एक समाचार प्रसारण गरेको थियो । सो समाचारमा सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको आयोजनाको अधिकार पाउनका लागि कतारले मत खरिद गरेको विषय उल्लेख थियो ।
८ जुन २०१४ मा अर्को रिपोर्ट प्रकाशित भएको थियो् । सो रिपोर्टअनुसार हमामले एसियाको मत किन्नका लागि १७ लाख अमेरिकी डलर खर्च गरेका थिए । सोही रिपोर्टअनुसार फिलिपिन्सका मारी मार्टिनेज र नेपालका गणेश थापा मुख्य सहयोगी र योजनाकार भएको रिपोर्टमा जनाइएको थियो । मोहम्मद बिम हमामलाई फिफा अध्यक्ष बनाउने प्रायोजन तथा कतारलाई विश्वकप आयोजनाको अवसर दिलाउने विषयमा भएको आर्थिक चलखेलमा दोषी ठहर भएका कारण थापालाई फिफाले १० वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
केही दिनअघि मात्र उनको १० वर्षको कार्य अवधि सकिएको हो । एन्फा प्रवक्ता सुरेश शाहले उनलाई उपस्थित गराउन अदालतको आदेशको बारे कुनै जानकारी नभएको बताए ।
प्रतिक्रिया