काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज तोलामा रु ३०० ले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला रु १०ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९० हजार ५०० रूपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी १ हजार ९७० रूपैयाँमा बेचबिखन भइरहेको छ ।
शुक्रबार प्रतितोला सुन १ लाख ९० हजार ८०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी १ हजार ९६० रूपैयाँ मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २७१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया