काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले डिस्ट्रिब्युटर मीट २०२३ सम्पन्न गरेको छ । उक्त मीटमा नेपालभरका ४० भन्दाबढी डिलर सहभागी भएका थिए । आफ्ना डिस्ट्रिब्युटरहरुसँगको समबन्ध अझ प्रगाढ पार्ने उद्देश्यकले डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । साथै डिस्ट्रिब्युटरसँग पारदर्शी सञ्चार कायम राख्न तथा उनीहरुले सामना गरिरहेका प्रमुख चुनौती र तिनीहरुका समाधान खोज्न पनि डिस्ट्रिब्युटर मीटको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
डिस्ट्रिब्युटर मीटलाई सम्बोधन गर्दे रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले आपसी सहकार्य, समन्वय गर्दै, एक आपसबाट सिक्दै–सिकाउँंदै र एक अर्कालाई हौसला दिँदै आजको दिनसम्म आइपुगेको बताए । उक्त कार्यक्रममा नेपालभरका डिस्ट्रिब्युटरहरुलाई उनीहरुको अटल सहयोगको कदरस्वरूप प्रमाणपत्रसहित सम्मान गरेको थियो ।
प्रतिक्रिया