बज्र मादी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबी बैंक लिमिटेडको अगुवाइमा कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माणाधीन २४ दशमलव ८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । उक्त आयोजनामा कुल लागत लगभग ५ अर्ब ३५ करोड रुपैयाँ रहनेछ । जसमा ३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ ऋण लगानी बैंक तथा वित्तीय संस्थाहरूले गर्नेछन् ।

ऋण लगानीमा एनएमबी बैंकसँगै कृषि विकास बैंक लिमिटेड र अन्य वित्तीय संस्थाहरूको सहभागिता रहेको छ । आयोजनाको प्रवद्र्धक बज्र इनर्जी भेन्चर्स हो । एनएमबी बैंकले यसअघि पनि ५० भन्दा बढी जलविद्युत् आयोजनामा सफल लगानी गर्दै आएको अनुभव बोकेको बैंक हो ।

यसैबीच, सोही समूहको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवद्र्धित २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले पनि २०७८ कात्तिक २७ देखि व्यापारिक उत्पादन सुरु गरेको जानकारी गराइएको छ । उक्त आयोजनामा पनि एनएमबी बैंक, कर्मचारी सञ्चय कोष, र कृषि विकास बैंकबाट ऋण लगानी गरिएको हो । यी २ आयोजनाले नेपालको ऊर्जाक्षेत्रमा थप ऊर्जा उत्पादन र आत्मनिर्भरता हासिल गर्न उल्लेखनीय योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया