आइएमई लाइफ इन्स्योरेन्सको बिजनेश एक्सिलेन्स अवार्ड

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड, २०२३ सम्पन्न भएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा ३०० भन्दा बढी अभिकर्ताको सक्रिय उपस्थिती थियो ।

अवार्ड वितरण कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, ग्रुपका प्रबन्ध निर्देशक एवं नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष हेमराज ढकाललगायत कम्पनीका सञ्चालक समितिका सदस्यहरुको उपस्थिति थियो ।

आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले बीमा क्षेत्रले देश र समाजको आर्थिक गतिविधिमा टेवा पु¥याउनुका साथै अभिकर्ताको रुपमा स्व–रोजगारको समेत अवसर दिने बताए । आर्थिक वर्ष २०७९÷०८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बीमालेख जारी गर्ने अभिकर्तालगायतलाई अवार्ड वितरण गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया