इजरायली लिगमा सावित्राको चार गोल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्टार सावित्रा भण्डारी साम्बाले इजरायलमा एकै खेलमा चार गोल गरेकी छन् ।
इजरायलको शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानानाका लागि खेलेकी सावित्राले रामात हाशोरोन विरुद्ध ह्याट्रिकसहित चार गोल गरेकी हुन् ।

सावित्राले सिजनको पहिलो लिग खेलमै सानदार प्रदर्शन गरेकी हुन् । यसै सिजन मात्रै मात्र युरोपमा क्लब फुटबल खेल्ने इजरायलको क्लबमा अनुबन्ध भएकी सावित्राले यसअघि एथेना कप खेलेकी थिइन् ।

तर उनी सम्मिलित हापोएल रानाना सेमिफाइनलबाटै बाहिरिएको थियो । सावित्रा इजरायलमा लिग खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छन् ।
एसिया महादेशमा पर्ने भएपनि इजरायलको क्लबले युरोपपियन फुटबल महासंघ युइएफएमा आबद्ध भएर क्लब फुटबल खेल्दै आएको छ । त्यसैले सावित्राले युरोपियन शैलीको फुटबलको स्वाद समेत लिनेछिन् ।

दक्षिण एसियामा नेपालसहित भारत र माल्दिभ्सको लिग खेलिसकेकी सावित्राले पहिलो पटक युरोपियन स्तरको फुटबल खेलिरहेकी छन् । भारतीय महिला लिगमा गोकुलम केरालाको लागि उत्कृष्ट प्रदर्शन गरेकी सावित्राको लागि युरोपियन लिगमा बाटो खुलेको थियो ।
उनले गोकलुमबाट उपाधि सहित सर्वाधिक गोलकर्ताको अवार्ड समेत जितेकी थिइन् ।

प्रतिक्रिया