घाँटी हेरेर हाड निल्नु

छिमेकी देश भारतले चन्द्रमाको सतहमा आफ्नो यान अवतरण गराएको छ । जसलाई चन्द्रयान–३ को नाम दिइएको छ । चन्द्रमाको सतहमा यान अवतरण गराउने विश्वको चौथो देशका रूपमा भारतले आफ्नो कीर्तिमान दर्ज गराएकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षीदलका नेता केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत धेरैले बधाई दिएका छन् । आजभन्दा २५ वर्षअघि भारत आणविक शक्ति सम्पन्न देश बन्ने सफलता प्राप्त गर्दा नेपालले औपचारिक रूपमै विरोध गरेको थियो । कृष्णप्रसाद भट्टराईबाहेक सबै नेताहरूले वक्तव्य नै जारी गरेर विरोध जनाएका थिए । तर यतिबेला भारतले चन्द्र सतहमा यान अवतरण गर्दा नेपालीहरूले समेत खुसी प्रकट गरेका छन् । भारतीय वैज्ञानिकहरूको यो सफलताले पूर्वीय दर्शन तथा संस्कृतिमा नयाँ आयाम थपिने विश्वासका साथ नेपालमा पनि खुसी प्रकट गरिएको छ ।

सनातन धर्म–संस्कृति नेपाल र भारतको साझा हो । सनातन धर्म संस्कृति अन्तर्गतको ज्योतिष, गणित र खगोलशास्त्रसाग जोडिएका अधिकांश चाडपर्व, लग्न नक्षत्र, समयसूचक घडी पला तथा अक्षांश, देशान्तर र खगोलीय दुरी चन्द्रमाको गतिबाट परापूर्वदेखि सुनिश्चित गरी अवलम्वन गरिादै आइएको छ । यसलाई थप वैज्ञानिक बनाउनका लागि भारतको यो सफलताले अवश्य पनि टेवा पुग्ने विश्वास लिइएको छ ।

आजभन्दा करिब ६५ वर्षअघि अर्थात १३ सेप्टेम्बर सन १९५९ मा तत्कालीन सोभियत संघले चन्द्र सतहमा लुना–२ नमक यान अवतरण गराएर विश्वसामु वैज्ञानिक चमत्कार देखाइसकेको हो । यसैगरी २० जुलाई १९६९ मा अमेरिकी अन्तरीक्षयात्रीले चन्द्रमाको सतहमा पाइला टेकेर इतिहास रचेका थिए । निल आर्मस्ट्र«ङ चन्द्रमामा पुगेयता अहिलेसम्म १२ जना मानिस चन्द्रमामा टेक्न सफल भएका छन् । उत्तरको छिमेकी चीनले पनि दुई दशक अघि नै चन्द्रमाको सतहमा आफ्नो यान अवतरण गराइसकेको छ । तर सोभियत संघ, अमेरिका र चीनले हासिल गरेको सफलतालाई र भारतले हासिल गरेको सफलतालाई एउटै डोकोमा राखेर विश्लेषण गर्न मिल्दैन । किनकी भारतीय समाज भनेको यस्तो हो, जसले अहिले पनि चन्द्रमालाई कुनै पिण्ड या उपग्रहभन्दा पनि भगवान् ठान्ने गरेको छ । विश्वको जनसंख्याकोे निकै नै उल्लेख्य अंश ओगटेको भारतीय समाजले चेतनामा फड्को मार्ने संभावना बढ्नुलाई पनि उपलव्धी मान्नुपर्ने हुन्छ ।

तर चन्द्रयान अभियानमा जुट्ने अवस्थामा भारत पुगेको हो या होइन भन्ने यक्ष प्रश्न भने खडा भएको छ । यो अभियानका लागि भारतले अर्बौं रुपैयाा रकम खर्च गरेको छ । ‘घााटी हेरेर हाड निल्नु’ भन्ने उखानलाई चरितार्थ गर्न नसक्दा सोभियत संघ भन्ने मुलुक समाप्त भएको हाम्रै पुस्ताले देखेको छ । तत्कालीन सोभियत संघको तुलनामा त भारतमा केही पछि छैनभन्दा फरक पर्दैन । भारत विश्वका सबैभन्दा धेरै गरिब बस्ने देश हो । विश्वभरी गरिबीको रेखामुनि रहेको जनसंख्या करिब ७० करोड छ, त्यसमध्ये २३ करोड गरिब जनता त भारतमै छन् । भारतको प्राथमिकता आफ्ना जनतालाई पेटभरी दुई छाक खुवाउनु हो कि ? चन्द्र सतहमा यान अवतरण गराउनु हो ? भन्ने प्रश्न उब्जनु स्वभाविकै हो । प्रतिव्यक्ति आम्दानीको हिसाबले भारत विश्वका गरिब देशहरूको सूचीमा पर्छ । त्यो प्रतिव्यक्ति आम्दानीमा मुकेश अम्बानी लगायतका करिब एक हजार धनाढ्यहरूको हिस्सा हिसाब गर्ने हो भने भारतको गरिबी ज्यादै डरलाग्दो छ । भारतका एकतिहाइ जनताको घरमा शौचालय छैन । नेपालको सीमावर्ती गाउँबाट दक्षिणतिर छिर्ने हो भने भारत पुगिएको कुरा आँखाले भन्दा नाकले पहिले थाहा पाउने अवस्था छ । भारत संसारमै सबैभन्दा बढी कुपोषित बालबालिकाहरूको देश पनि हो । चन्द्रयानको अवतरणले यी २३ करोड गरिबको पेट भर्न सहयोग पु¥याउँदैन । भारतको गरिबी निवारण नभएसम्म विश्वबाट गरिवी निवारण हुँदैन । भारतको गरिबी निवारण भयो भने विश्वबाटै गरिबी निवारण हुन्छ ।

प्रतिक्रिया