इनोभेसन ल्याब विकासमा मेटलाइफको सहयोग

काठमाडौं । मेटलाइफ नेपालले मेकिंग स्पेस स्थापना गर्न सिद्धि मंगल माध्यमिक विद्यालय, ललितपुरलाई सहयोग गर्न कारखाना समुहसँग साझेदारी गरेको छ । यस पहलले विज्ञान, प्रविधि, इन्जिनियरिङ्, कला, र गणित क्लब स्थापना गर्ने र विद्यार्थीहरूलाई मेकिंग स्पेस भित्र विभिन्न डिजाइन सोच विचारहरू अन्वेषण गर्न, सिक्न र कार्यान्वयन गर्न अनुकूल वातावरण प्रदान गरेर सशक्त बनाउने लक्ष्य राखेको छ ।

ह्यान्डस अन सिकाइ, रचनात्मकता र समस्या समाधान गर्ने सीपहरू प्रवद्र्धन गर्दै, मेकिंग स्पेस आधुनिक शिक्षाको पहिचान बनेको छ । यी सहयोगी ठाउँ, उपकरण, सामग्री, र प्रविधिसँग सुसज्जित छन् । विद्यालयमा मेकिंग स्पेसको सेटअप मार्फत, मेटलाइफले शिक्षक र बालबालिका दुवैलाई सैद्धान्तिक ज्ञान र आवश्यक उपकरणको उपलब्धताको साथ व्यावहारिक प्रयोगको बीचको खाडललाई कम गर्ने अवसर प्रदान गर्ने प्रयास गरिने पनि मेटलाइफले बताएको छ ।


यस पहल अन्तर्गत, मेटलाइफले विद्यालयमा मेकिंग स्पेसको विकास गर्न कारखाना समुहलाई ४ लाख ७० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले यस पहलमार्फत विद्यार्थीहरूलाई सीप र आत्मविश्वासले उनीहरूका विचारहरूलाई जीवन्त बनाउनको लागि सुसज्जित गर्ने बताए ।

प्रतिक्रिया