प्रतिष्ठानद्वारा विशिष्ठ साधकहरुलाई घरघरमै पुगेर विशेष सम्मान

काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले विशिष्ठ साधकहरुलाई घरघरमै पुगेर विशेष सम्मान गरेको छ । शनिबार सो संस्थाले आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकन गर्दै विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विशिष्ठ साधक सम्मान गरेको हो ।

विगत तीन दशकभन्दा बढी समयदेखि गीत संगीतको क्षेत्रमा योगदान पुर्याएका लोकगायक तथा नेपालको मौरी बाजा वादक खड्गप्रसाद गर्बुजा, विशिष्ठ चित्रकार शशिविक्रम शाह, नेपालको पहिलो रंगीन चलचित्र कुमारीकी नायिका चैत्यदेवी सिंहलाइ उनीहरुकै निवासमा पुगेर नगद र सम्मान पत्रसहित सम्मान गरेको राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईँले जानकारी दिए ।

उक्त कार्यक्रममा संस्थाका सल्लाहकार वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ संगीतकार सुरेश अधिकारी, समाजसेवी, साहित्यकार नमस्तेलाल श्रेष्ठ, चित्रकार ज्योतिप्रकाश, सुभम सैजुले यसरी श्रष्टा साधकहरुलाई उनीहरुकै निवासमा पुगेर सम्मान गर्नु कला क्षेत्रकै सम्मान भएको बताए ।

संस्थाले आफ्नो वार्षिकी कार्यक्रमअन्तर्गत सो कार्यक्रम गरेको संस्थाका अध्यक्ष बजगाईँले बताए । सम्मान कार्यक्रममा उपाध्यक्ष उषा उप्रेती, महासचिव दीपक शर्मा, कोषाध्यक्ष नारायणबहादुर थापा सदस्यहरु भद्र वली, पुष्कर सुनुवार, मनोज परिवार, बेनिशा पौडेल, प्रतिक्षा काफ्ले, उत्तम अधिकारी, रिता केसी, सिलन लम्साल, सविन सुवेदी, माईकल चन्द, फोटोग्राफर देवराज आचार्य, गीता पाण्डे र संस्थाका आजिवन सदस्य गोपाल ढकाल (छन्दे) लगायतको सहभागिता थियो ।

कार्यक्रमलाई संस्थाका महासचिव दिपक शर्माले सञ्चालन गरेका थिए । संस्थाका अध्यक्ष बजगाईले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै जाने बताए ।

प्रतिक्रिया