नबिल बैंकले एकसाथ सञ्चालनमा ल्यायो ३८ वटा शाखा

काठमाडाैं । नबिल बैंकले एकसाथ ३८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बिहीबार बैंक स्थापना भएको ३८ वर्ष पूरा भएको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा देशभरका ३८ नयाँ शाखाको उद्घाटन गरिएको हो । बैंकले ‘नबिल बैंक अब तपाईंसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा शाखा विस्तार गरिरहेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकको सेवामा धेरै भन्दा धेरै डिजिटल टेक्नोलोजी प्रयोग गरेर सेवा दिने प्रयास गरिरहेको बताए । उनले बैंकको देशभर एकैसाथ ३८ वटा शाखा विस्तार गर्ने विषय सजिलो नरहेको बताए । उनले आफूले काम गर्ने समयमा निजी क्षेत्रका बैंकको शाखाहरू एकदमै कम भएको तर सरकारी बैंकका शाखा धेरै भएको बताए ।

उनले डिजिटल प्रविधिको कारणले बैंकहरूको धेरै शाखा भए पनि कम कर्मचारी भए पनि शाखा सञ्चालन गर्न सकिएको बताए । उनले सरकार र राष्ट्र बैंकले मुलुकमा वित्तीय साक्षरता बढाउँदै जानुपर्ने बताए । अध्यक्ष पौडेलले अब बैंकिङ क्षेत्र बरोइङ र नाफामा मात्रै अगाडि बढ्न नसक्ने बताए ।

उनले अबको बैंकिङ आफ्ना लागि भन्दा पनि समाज र राष्ट्रका लागि गरेको योगदानको मापन गर्नुपर्ने अवस्था रहेको बताए । उनले बैंकका निक्षेपकर्ताहरूले आफूले बैंकमा राखेको पैसा केमा लगानी लगाइएको छ भनेर जानकारी दिनुपर्ने बेला आएको बताए ।

बैंक ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै, कोशी प्रदेशमा एक, मधेस प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १० कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ ।

क्र.सप्रदेशनयाँ शाखा संख्याशाखाजिल्ला
1कोशी प्रदेशदिक्‍तेलखोटाङ
     
2मधेश प्रदेशविरगंज बाइपासपर्सा
   गरुडारौतहट
   कलैयाबारा
   गौशालामहोत्तरी
   बरथहवासर्लाही
   लालबन्दीसर्लाही
   कञ्चनपुरसप्तरी
   जलेश्‍वरमहोत्तरी
     
3बागमती प्रदेश१३प्रयाग पोखरीललितपुर
   नरेफाँटकाठमाडौं
   चापागाउँललितपुर
   भेडासिंहकाठमाडौं
   लाजिम्पाटकाठमाडौं
   बनस्थलीकाठमाडौं
   मच्छेगाँउकाठमाडौं
   धादिङ बेसीधादिङ
   फर्पिङकाठमाडौं
   बल्‍खुकाठमाडौं
   नैकापकाठमाडौं
   बौद्ध रामहिटीकाठमाडौं
   ठिमीभक्तपुर
     
4गण्डकी प्रदेशगल्कोटबाग्लुङ
   आबु खैरेनीतनहुँ
   अर्चलबोटकास्की
     
5लुम्बिनी प्रदेश१०लुम्बिनीरुपन्देही
   तौलिहवाकपिलवस्तु
   रामग्रामनवलपरासी पश्चिम
   गुलरियाबर्दिया
   फर्साटिकररुपन्देही
   बाणगंगाकपिलवस्तु
   तम्घासगुल्मी
   सुखानगररुपन्देही
   भानुभक्त चोक, न्युरोडबाँके
   नारायणपुरदाङ
     
6कर्णाली प्रदेशचन्दननाथजुम्ला
     
7सुदूरपश्‍चिम प्रदेशबोराडाँडीकैलाली
   अमरगडीडडेल्धुरा
  ३८  

प्रतिक्रिया