हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको हो ।

सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक–आसपमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गतेबाट संयुक्त कारोबार सुरु भएको हो ।

प्रतिक्रिया