एमाले बिनाको कस्तो राष्ट्रिय सहमती हो ?

डा. डीआर उपाध्याय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत पाएका छन । अब उनी ढुक्कले मन्त्रिपरिषद बिस्तार गर्ने कुरामा ध्यान केन्द्रित गर्ने छन । विश्वासको मत प्राप्ति पछि प्रधानमन्त्री प्रचण्डमा एक खालको उर्जा थपिएको छ । सत्ता गठबन्धन दलहरू सरकारमा मन्त्री पठाउन गम्भिर गृहकार्यमा लागीरहेका छन । लामो समयसम्म प्रधानमन्त्रीको जिम्मामा रहेका मन्त्रालयहरू अब नयाँ मन्त्रीको नियुक्तिसँगै चलायमान हुनेछन् ।

अहिले सम्म मन्त्री बिहीन बनेका मन्त्रालयहरुमा काम काज ठप्प जस्तै भएको छ । कर्मचारीको भरमा काम गर्नु परेको छ । अब छिटो मन्त्रिपरिषद बिस्तार भयो भने मुलुकमा छाइरहेको अन्योल हट्नेछ । प्रधानमन्त्री प्रचण्डले बिश्वासको मत पाए पनि आउदा दिन धेरै चुनौतीपूर्ण हुने छन । गठबन्धन दलको चित्त बुझाएर काम गर्नु पर्ने हुन्छ । उनीहरुको चित्त बुझेन भने राजनीतिमा जे पनि हुन सक्छ ।

सबै राजनीतिक दलहरुलाई मिलाएर लैजान सके झन राम्रो हुने छ । आम नेपाली जनताले खोजेको पनि त्यो हो । आज तेस्रो शक्ति रहेको नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व लिएको छ । अहिले सबै भन्दा ठूलो लाभ माओवादी केन्द्रलाई भएको छ । यद्यपि संसदको त्रिशंकु संरचनामा तेस्रो शक्ति बढी लाभान्वित हुने गर्छ । विगतमा पनि यस्तै हुने गरेको इतिहास साक्षी छ ।

कुनै एक पार्टीको स्पस्ट बहुमत नभए पछि यस्तै प्रवृत्ति दोहोरिने हो । नेपाली कांग्रेसले राष्ट्रपति पाए सँगै अब सरकारमा जाने भएको छ । अब प्रदेशमा पनि उसले हिस्सा प्राप्त गर्नेछ । नेकपा एमालेलाई सत्ता राजनीतिमा सबैभन्दा बढी क्षति भएको छ । एमालेले राष्ट्रपति पद गुमाएको छ । केन्द्रीय सरकारबाट बाहिरिएको छ । प्रदेश सरकारबाट पनि ढिलो चाँडो बाहिरिने अवस्थातर्फ छ ।

सबै भन्दा बढी एमालेका नेताहरुको टाउको दुखेको छ । समीकरणसँगै बदलिएका साना राजनीतिक दलहरुको राजनीति भबिश्य के हुने हो त्यो त अहिले नै यसै भन्न सकिदैन । तर सरकारमा जान भने खुट्टा उचालेर बसेका छन । खासगरी नयाँ शक्तिका रूपमा उदाउँदै गरेका राजनीतिक दल मुलुक प्रति गम्भिर बन्नु पर्ने अबस्था भने देखिएको छ ।

कहिले यता कहिले उता गरेर राजनीतिक अस्थिरता निम्त्याउने खेल उनीहरुले खेल्नु हुदैन । पुराना दल र नेताहरू सत्तास्वार्थको दलदलमा फँसेका छन र अझै फस्दै छन ।पुराना दलहरू अझै पनि राजनीतिक शक्तिको केन्द्रभागमा छन र भोली पनि रहनेछन् ।

नेकपा एमालेलाई सत्ता राजनीतिमा सबैभन्दा बढी क्षति भएको छ । एमालेले राष्ट्रपति पद गुमाएको छ । केन्द्रीय सरकारबाट बाहिरिएको छ । प्रदेश सरकारबाट पनि ढिलो चाँडो बाहिरिने अवस्थातर्फ छ । सबै भन्दा बढी एमालेका नेताहरुको टाउको दुखेको छ । समीकरणसँगै बदलिएका साना राजनीतिक दलहरुको राजनीति भबिश्य के हुने हो त्यो त अहिले नै यसै भन्न सकिदैन । तर सरकारमा जान भने खुट्टा उचालेर बसेका छन् ।

नेपालमा सत्ता समीकरणमा आउने बदलाव कुनै अनौठो विषय होइन । यो बिगत देखि चल्दै आएको हो । विगत लामो समयदेखि यही अभ्यास हुँदै आएको छ । बिगतमा नेपाली कांग्रेस र एमालेबीच थुप्रै पटक सत्ता सहकार्य भएको छ । त्यसै गरी कांग्रेस र माओवादीबीच पनि सहकार्य भएको छ । त्यस्तै एमाले र माओवादीबीच पनि पटकपटक भएको छ ।

फेरि पनि कांग्रेस र माओवादीबीच सत्ता सहकार्य हुदै छ । यसलाई उनौठो बिषय मान्न जरुरी छैन । दलहरूबीचमा एकता र सहकार्य हुनु राम्रै कुरा हो । तर सहकार्यका नाममा देश र जनता माथि घात हुनु भनेको नराम्रो कुरा हो । नयाँ गठबन्धनमा त्यसले कस्तो आकार लिन्छ भन्ने कुरा अहिले प्रतीक्षाकै विषय हो । किनभने न्यूनतम साझा कार्यक्रमसमेत तय नगरी पहिले पदीय भागबन्डालाई प्राथमिकता दिइएको छ ।

सत्ता सहकार्यमा गणितको खेल हुन्छ, अहिले त्यही भइरहेको छ । आजको समीकरण राजनीतिक हो कि सत्ता केन्द्रित भन्ने प्रश्न उठेको छ । सत्ता केन्द्रित सहकार्य स्वार्थमा बनेको हुन्छ । स्वार्थमा बनेको सम्बन्ध लामो समय सम्म टिकाउ हुँदैन । यस अर्थमा यो गठबन्धनको स्थायित्व कति रहँला भन्ने सबैको चासोको बिषय हो

कृषि मलमा दिएको अनुदान घटाउने एवं बजारमा कृत्रिम अभाव र चर्को मूल्यवृद्धि हुँदा केही गर्न नसक्ने अवस्थामा सरकार छ । बैंक र वित्तीय संस्थाको चर्को ब्याजदरको कारण न्यून आय भएका नागरिकको जीवन जोखिममा छ । उद्योगधन्दा कलकारखाना व्यापार व्यवसाय बन्द हुने अवस्थामा छन् । वैदेशिक रोजगारमा ठगिने क्रम झन् बढ्दो छ ।

सेवा प्रवाह कमजोर छ । भ्रष्टाचार बढ्दो छ । शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवाहरू कमजोर छन् । हरेक क्षेत्रमा विकृति नै बिकृति छ । आज देश सत्ताको गोलचक्करमा घुमिरहेको छ । देशको उन्नति प्रगति गर्ने कुरामा राजनीतिक दल र तिनका नेताहरुको पटक्कै ध्यान गएको देखिदैन ।आज देशको राजनीति सहि बाटोमा जान नसक्दा अनेक खालका समस्या आउने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको कुरा उठाइरहेका छन । यता एमालेका नेताहरुले एमाले बिना कस्तो राष्ट्रिय सहमति बनाउन खोजेको भनेर प्रश्न उठाइरहेको छ । आज दलहरु आ आफनो स्वार्थमा लिप्त छन । राष्ट्रिय सहमतिको नाममा राजनीतिक दल र तिनका नेताहरुले मुलुक लुटने काम गर्दै आएका छन । आलोपालो सत्तामा जानेहरुले देशको ढुकुटी सिध्याएर मुलुक थप संकटमा पर्दै छ ।

अब देशको बारेमा चिन्ता गर्ने राजनेताको खाँचो छ । अहिलेका नेताहरु खासै इमान्दार देखिएनन् । लामो समय देखि यीनै नेताहरु दोहोरीदै नेतृत्व र सत्तामा आइरहेका छन । जनता नेतृत्व प्रति वाक्क दिक्क छन । जनताका समस्याहरु दिनौं बढदै छन । जनताका समस्या प्रति अहिले सम्म बनेका कुनै पनि सरकार गम्भिर बन्न सकेनन् । जसले गर्दा देशमा समस्या बढदै गएको हो ।

यतिबेला राजनीतिक दलहरुको ध्यान सत्ताको गोलचक्कर तिर छ । राजनीतिक दल र तिनका नेताहरुलाई देश र जनताको कुनै मतलव छैन । आफ्नै व्यक्तिगत स्वार्थ पुरा गर्ने तर्फ दौडिरहेका छन । यो अवस्थाले मुलुक संकट तर्फ छ । सत्ता र शक्तिमा भएका नेताहरू अहिले कसैलाई गन्दैनन् । चिने पनि नचिने जस्तो गरि सिंहदरवार घुमिरहेका छन ।

अहिलेको सबै भन्दा ठूलो चिन्ता यो हो । बिभिन्न दलका शीर्ष नेताहरु एकलएकल निर्णय गर्दै आफू खुशी काम गर्दै छन । जनताले जिताएर पठाएका सांसद संसद भित्र हाइकाढेर निदाएका छन भने कति पय संसद फेद न टुप्पाको चर्का कुरा गरेर भाषण छाटनैमा ब्यस्त छन । यो कुरा हामी छर्लङ्ग देखिरहेका छौँ नी ।
लोकतान्त्रिक भावना र मर्मविपरीत कोही पनि जान पाइदैन ।

लोकतान्त्रिक ब्यवस्थामा अधिनायकवादी चरित्र देखाउन मिल्दैन । जनताले सुम्पेको जिम्मेवारी दलहरु र तिनका सांसदहरूले पुरा गरेर देखाउनु पर्छ । होइन भने उनीहरूले गम्भिरताका साथ सोच्नु पर्छ । दलहरुबीच देखिएको सत्ता स्वार्थको राजनीतिले मुलुक पछाडी धकेल्लिदै छ । गणतान्त्रिक व्यवस्था माथि केही तत्वहरुले खेलवाड गरिरहेका छन ।

यसमा हामी सबै सचेत बन्न भने जरुरी छ । खासमा यसले जनतामा निम्त्याएको राजनीतिप्रतिको बितृष्णा हो । ति तत्वहरु प्रति दलहरू पटक्कै सचेत देखिन्नन् । आजको आवश्यक सुशासन हो र तत्काल अर्थतन्त्रलाई त्राण दिँदै समृद्धिको यात्रा तय गर्नु राजनीतिको मूल दायित्व हो । यो दिशा तर्फ दलहरु अघि बढनु पर्ने हो, खै कता कता अलमल्लिरहेका छन । राजनीतिमा नीति, निष्ठा, नैतिकता, आदर्श र सिद्धान्त हुनु पर्छ । आज कता कता राजनीतिमा यी सबै कुरा हराउँदै गएको देखिन्छ ।

जनप्रतिनिधिको मूल काम भनेको कानुन निर्माण हो। आज सांसद्हरुको मुख्य ध्यान भने कानुन निर्माणमा नभई सत्तामा पुग्ने र मन्त्री बन्ने देखिन्छ । यस्तो संस्कारले मुलुक लाई अघि बढाउन सकिदैन । संसद्को नियमित बैठकमै सांसदहरूको गणपूरक संख्या पुग्न नसकेर बैठक स्थगित भएका धेरै घटना छन । यो जनप्रतिनिधिको गैरजिम्मेवारीपन हो ।

राजनीतिक दल र तिनका नेताहरुको ध्यान देश र जनतामा नभई सत्तामा छ । मुख्य दलका शीर्ष नेतामध्ये को प्रधानमन्त्री हुने, कति समय हुने र अर्काेको पालो कहिले आउने भन्ने बाहेक अरु कुरा केही सुनिदैन । मुठीभर नेताको चाहना र उनीहरूको इशारामा मुलुक जनतन चलिरहेको छ ।

यसरी मुलुक बनाउँन सकिदैन । साँच्चै देश बनाउने हुटहुटी सबै नेतामा हुने हो भने देश बन्न कुनै समय लाग्दैन । सत्ता राजनीतिले नेपाली जनतामा उत्साह दिन सक्नु पर्छ । कुरा र भाषण गरेर मात्र अब हुदैन । अब जनताले परिणाम खोजेका छन ।

प्रतिक्रिया