७३ हजार पर्यटन भित्रिए

काठमाडौं । सन २०२३ को फेब्रुअरीमा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजार २५५ पर्यटकले नेपाल भ्रमण गरेका हुन । जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

अघिल्लो वर्ष सन् २०२२ को फेब्रुअरीम १९ हजार ७ सय ६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा ९ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पछिल्ला दिनमा विदेशी पर्यटक आगमन उत्साहबद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताएका हुन । फेब्रुखरीमा भारतबाट १८ हजार ४०१ पर्यटक आएका छन् । अमेरिकाबाट ७ हजार ८८७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

त्यस्तै, थाइल्याण्डबाट ४ हजार ८०२, दक्षिण कोरियाबाट ३ हजार २४६, अष्ट्रेलियाबाट २ हजार ९६९, चीनबाट २ हजार २६६, म्यानमारबाट २ हजार २३२, श्रीलंकाबाट २ हजार ११७ र जर्मनीबाट २ हजार १०८ पर्यटक नेपाल भित्रिएका छन् ।

पछिल्लो तथ्यंकले महामारीपछि फेब्रुअरीमा हालसम्मकै उल्लेख्य संख्इामा पर्यटक आएको देखिएको छ । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको संख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष ६ लाख १४ हजार १४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।

प्रतिक्रिया